काठमाडौं- सामाजिक अभियन्ता तारा बराल र नेपाल प्रहरीका पुर्व एआइजी रन बहादुर चन्दविच सामाजिक सञ्जालमा एक अर्काप्रति दोहोरी चल्न थालेको छ।
केहि साता अघि एक रेस्टुरेन्टमा तारा बराल र रनबहादुर चन्द बसेको र उनीहरुबिच सम्बन्ध रहेको आरोप लागेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
अनुमति बिना भिडियो खिचेको भन्दै सामाजिक अभियन्ता बरालले भिडियो खोच्ने युवालाई झापड समेत हानेको दृश्य बाहिरीएको थियो।
बराल त्यतिमा मात्रै सिमित भएकि थिइनन् उनले झापड हानेर मुखमा थुक्न समेत भ्याइकि थिइन।
दृश्यमा पुर्व एआइजी चन्द पनि आक्रमक शैलीमा प्रस्तुत भएको स्पष्ट देख्न सकिन्थ्यो।
त्यसपछि यो चर्चा चारै तिर चुलिन थालेको थियो।त्यसपछि यि दुईबिच बिबाह गर्ने सहमति भएको कागज सहिछापसहित सार्वजनिक भएपछि अझ चर्चामा पुग्यो।
सामाजिक अभियन्ता बराल र पुर्व एआइजी चन्दबिच बिबाहको कागज आधिकारिक हो कि होइन भन्ने बारे भने दुबैजनाले स्पष्ट बताएका छैनन्।बिहेको कागजबारे उनीहरुले खण्डन पनि गरेनन्।
आजकाल यहि बिहेको कागजको बिषयलाई लिएर बराल र चन्दबिच सामाजिक सञ्जालमा दोहोरी र एक अर्काप्रति आरोप र प्रत्यारोप चल्न थालेको छ।
चन्दले भने बिहेको कागजमा हस्ताक्षर आफ्नो नभएको र बिहेबारे योजना पनि नभएको सामाजिक सञ्जाल मार्फत बताउँदै आएका छन्।
बुधबार साझ पुर्व एआइजी चन्दले तारा बरालको नामै किटेर अरुलाई हनि ट्र्याप भयो भने तपाईं आफू चाहिँ पेन्सन ट्र्यापर कि सम्पत्ति ट्र्यापर?भनेर कटाक्ष गरेका छन्।