काठमाडौं- सरकारी सवारीसाधन दुरुपयोग भएकाे भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विराेध जनाएको छ।
संघले सार्वजनिक बिदाका दिन पनि विना पासका सरकारी सवारीसाधन चलाउने विरूद्ध सडक सङ्घर्ष गरेकाे हाे।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर कमिटीले कंलकीमा विना पासका सवारीसाधन राेकी कंलकी ट्राफिकलाई बुझाएकाे छ।
युवा संघ नेपालका साइबर सर्कल विभाग प्रमुख अजित लामाले देशभर यस्ता विकृति र विसंगतिविरूद्ध देशभर कडा कदम चाल्ने र नियन्त्रण अभियान सुरू भएकाे बताए।
संघकाे काठमाडौँ महानगर कमिटी अध्यक्ष दिपेश सुधाकारले विना पास सरकारी सवारीसाधन चलाउने १३ वटा सवारीसाधन र दुई वटा माेटरसाइकल नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई जिम्मा लगाएकाे बताए।
बिदाको दिन सरकारी सवारी प्रहरीलेनै कडा चेकजाँच गरेर पास नभएकालाई रोक्नु पर्ने अध्यक्ष सुधाकारले बताए।शाथै काठमाडौंमा अनियमितता बढ्दै गएमा आफूहरू आक्रमक रुपमा प्रस्तुत हुने उनले चेतावनी समेत दिएका छन्।
सवारीसाधन नियन्त्रणमा लिन थालेपछि संघले थप क्षति हुन नदिन प्रहरी वृत्त कालिमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल सडकमा देखिएका थिए।
संघले काठमाडौँकाे कंलकी, बालाजु, बानेश्वर र भक्तपुरकाे सुर्यविनायक र ललितपुरमा सडक सङ्घर्ष गरेकाे थियाे।