दाङ- रुकुम पश्चिम बाफिकोटकी १३ वर्षीया सोमा गिरी दाङको घोराहिमा कक्षा ५ मा पढिरहेकी थिईन्।आफन्तसंगै कोठा भाडामा बसिरहेकी उनी एक्कासी बिरामी परिन्।बिरामी भयपछि उनकी आमाले उपचारको लागी काठमाण्डौ स्थित शिक्षण अस्पताल महाराजगंजमा पुर्याउनु भयो।त्यसपछी अस्पतालले १३ वर्षिया सोमाको दुबै मृगौला र मुटुमा गम्भिर समस्या रहेको रिपोर्ट दियो।
शिक्षण अस्पतालमै करिब २ महिनादेखी सोमाको निरन्तर उपचार भैरहेको छ।आर्थिक संकटमा गुज्रिरहेको परिवारले जेनतेन उनलाई अस्पतालमा भर्ना गरिरह्यो तर पैसा अपुगकै कारण राम्रो उपचार हुन पाएको छैन।त्यसैले कक्षा ५ मा पढ्दै गरेकी सोमाले सबैसंग सहयोगको याचना गरेकि छिन्।
घरकी जेठि छोरी समेत रहेकी सोमाले देश विदेशमा रहनु भयका सम्पूर्णलाई आफ्नो उपचारमा आर्थिक सहयोग गरी आफ्नो ज्यान बचाईदिन आग्रह गरेकि छिन्।उनले आफू बाचेर धेरै पढेर परिवार र समाजको लागी केहि गर्ने सपना संगालेको समेत बताएकी छिन्।
कलिलो उमेरमै गम्भिर रोगसंग लडिरहेकि सोमालाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुको लागी–
बैङ्कको खाता नम्बर- ४५७०१००००२३४००१० ( राष्ट्रीय वाणिज्य बैङ्क)
खाता वालाको नाम प्रतीक्षा बिसी ( बिरामीकी आमा)
सम्पर्क नम्बर- 9746427905