ताजा अपडेट

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाण्डौं- देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले बताएको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य रहने तथा देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

प्रतिक्रिया दिनुहोस