रोल्पा- रुन्टीगढी गाउँपालिका वडा नं ४ लिघामा रहेको बिहानी प्राविका प्रअ शिबलाल भण्डारीले आफ्नै विद्यालयमा कार्यरत एक दलित शिक्षिकामाथि जातीय भेदभाव गरेको आरोप लागेको छ।
प्युठान स्थायी ठेगाना भएका प्रअ भण्डारीले स्थानीय शिक्षिका यामकुमारी परियारले छोएको पानी समेत दलित भनेर नखाने तथा विद्यालयको अन्य गतिविधिमा समेत शिक्षिका परियारलाई सहभागी नगराउने पीडित शिक्षिकाले होलेरी खबरलाई बताएकि छिन्।म दलित भएकै कारण हेडसरले म माथि धेरै पटक भेदभाव गर्नु भएको छ।आफ्नै विद्यालयमा अध्यनरत विद्यार्थीलाई समेत भेदभाव गर्ने गरेको शिक्षिकाको आरोप रहेको छ।आफू विद्यालयमा अनुपस्थित भएको बखत अन्य शिक्षक शिक्षिकाहरुलाई समेत दलित भएकाले उनलाई नमस्कार नगर्न तथा नमस्कार नफर्काउन भन्ने गरेको समेत उनले बताएकि छन्।
बिहानी प्राविका प्रअ भण्डारीले भने आफूले जातिय बिषयलाई लिएर कुनै पनि किसिमको बिभेद नगरेको बताएका छन्।उनले ख्याल ठट्टामा अन्य प्रशङ्गमा केहि कुराहरु गरेपनि जातिय हिसाबले कुनै दुर्व्यवहार तथा अबिब्यक्ति नदिएको बताएका छन्।आफूले त्यस्तो अपाच्य हर्कत गरेको भए कानुन अनुसारको सजायको भागिदार बन्ने भन्दै आरोप अस्विकार गरेका छन्।केहि दिन अघि देखि विवादित बनेको यस बिषयमा पिडित पक्षबाट ईलाका प्रहरी कार्यालय होलेरीमा उजुरी परेको छ।आज छलफलमा सहभागी हुन लागेको पिडक भनिएका प्रअ भण्डारीले होलेरीखबरलाई जानकारी दिएका छन्।
भिडियोमा हेर्नुहोस्