“तिम्रै निम्ति बरु यो ज्यान गय गैजला,तिमिसंग गहिरो माया वस्यो जलजला”
कुनैदिन माओबादि जनयुद्वको रापतापभित्र यस्तै गितहरु गाउदै जनताको घरदैलोमा पुग्ने एक क्रान्तिकारी योद्वा हुन् सांसद यमुना रोका मगर।जलजलाको काखँमा रहेको रोल्पाको ऐतिहासिक थबाङ् गाउँमा जन्मिएकि यमुना दशवर्षे माओबादी जनयुद्वकि एक सांस्कृतिक मोर्चा सम्हाल्दै हाल लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट समानुपातीक सांसद बनेकि छिन्।कुशल संगठक एवं इमान्दार परिचय बोकेकि सांसद यमुना अचेल जत्ति खुसि देखिन्छन् त्यो भन्दा पनि कयौ गुणा पिडाहरु उनिभित्र लुकेका छन्।
राज्यको दमन विरुद्व यमुनाको बिद्रोह
नेपालको हरेक राजनितिक परिवर्तनमा बलिदानिपुर्ण इतिहास रचेको रोल्पाको थवाङ्गमा जन्मेकि यमुना सानैदेखि निडर र विद्रोहि स्वभावकि थिइन्।पन्चायतदेखि राज्यशत्ताको विरुद्व लडिरहेको थवाङलाई २०५२ सालेखि शुरु भयको माओबादिले पनि जनयुद्वको आधार क्षेत्र घोषणा गर्यो।निम्न वर्गिय परिवारमा जन्मियकि यमुनाको गाउँमा पढ्न सक्ने समेत वातावरण थियन।किलोशेरा-२ लगाएत राज्यले अपनाएको कठोर सैनिक अपरेशनमा थवाङ्गले निकै धनजनको क्षति व्यहोर्यो।गाउँमा सेना प्रहरिहरु प्रवेश गर्दा सिंगो थवाङ्गिहरु गाउँ नै छाडेर जंगलतिर जान्थे।गाउँमा छिरेका सेनाहरुद्वारा कहिले बस्ति नै खरानि हुने गरि आगजनि गरिन्थ्यो,कहिले हलो जोत्दै गरेका किसानहरुलाई गोलि हानेर ढालिन्थ्यो अनि कहिले गोठालो गयका चेलिहरुमाथि सामुहिक बलात्कार हुने गर्थ्यो।आफ्नै गाउँमा पनि ज्वार लगाएत सयौ जनाहरु माओबादीमा भुमिगत भैसकेका थिए।आफ्नै घरमा प्रहरिहरुले बुबाआमालाई दियका चरम यातनाका कारुणिक दृष्यहरु र सोझा गाउलेहरुलाई राज्यद्वारा लगाइएको झुठा मुद्वाहरुले यमुनाभित्र पनि विद्रोहको ज्वाला दन्किरहेको थियो।यमुनासंग पनि दुइवटा विकल्प मात्रै बाकि थियो,कि सेना प्रहरिमा जागिर खान जानुपर्थ्यो कि त माओबादि नै बनेर हिड्नु पर्थ्यो।त्यतिन्जेलसम्म रोल्पा रुकुमका युवायुवतिहरु सदरमुकाम समेत आउन सक्ने अवस्था थियन।घरमा घासँ दाउरा काट्दै गर्दा माओवादीको आरोपमा राज्यको गोलिले मर्नुभन्दा बरु युद्वमै लडेर मर्छु भन्ने निष्कर्षमा पुगेपछि यमुनाले पनि माओबादिभित्र भुमिगत यात्रा सुरु गरिन्।
मृत्युलाई पनि जितेका युद्वभित्रका दिनहरु
राज्यसत्ता विरुद्व बन्दुक बोकेकि यमुनाको भुमिगत जिबन निकै कहालिलाग्दो छ।पार्टिमा आयपछि उनि सांस्कृतिक मोर्चामा आबद्ध भईन्।मादल,बासुरि र सारङ्गिहरुको साहरामा रोल्पा रुकुमका बस्तिहरुमा पुग्दै जनताहरुलाई नाचगान मार्फत सचेत र जागरुक बनाउने अभियानमा यमुना पनि लामबद्व बनिन्।प्राय:गाउँलेहरुलाई बेलुकिपख भेला गरायर रातभरि सांस्कृतिक कार्यक्रम प्रस्तुतगरि दिउसोतिर जंगलमै आराम गरिन्थ्यो।जनसेनाहरुसंग जहिल्यै हतियारहरु हुने गर्थ्यो तर कलाकारहरुसंग आत्मरक्षाको लागि समेत मादल बासुरि बाहेक केहि हुने थियन।राज्यको नजर छल्दै जनताहरुलाई नाजगान मार्फत माओबादिप्रति आकर्षित बनाउनु पनि युद्व लडेको जत्तिकै चुनौतीपूर्ण थियो।कहिले एकमुट्ठि मकैको भरमा दिन कटाउनुपर्थ्यो,कहिले कयौ दिनहरु अनिद्रामै जंगलतिरै बिताउनुपर्थ्यो।एकदिन राति करिब १० बजेतिर गाउँमा सांस्कृतिक कार्यक्रम चल्दै गर्दा नजिकको प्रहरिचौकिले सुराकि पायछ।पार्टिको आधार क्षेत्र मानियको गाउँमा यमुना लगायतका कलाकारहरु ढुक्कसंग नाचगानमा थिए।एक्कासि प्रहरिले सिंगो गाउँलाई घेराबन्दि गरेपछि मात्रै थाहाँ भयो।निशस्त्र रहेका यमुनाहरुलाई घेरा तोड्न अप्ठेरो भैसक्यो अझ निर्दोष गाउलेहरुलाई कसरी बचाउने भन्ने जिम्मेवारि पनि उत्तिकै थियो।प्रहरिहरुले चौतर्फि हल्लाखल्ला गर्दै घेरा कस्दै आयपछि कलाकारहरुमध्ये दुइचारजना गाउँको खोलातर्फि पुगेर ढुङ्गामुढा पल्टाउन शुरु गरे।प्रहरिहरुले माओबादिहरु त्यहाँ छ भन्दै खोलातिर लागे त्यसपछि गाउँमै रहेका यमुना लगायतका कलाकारहरुले गाउँलेहरुलाई सुरक्षित घरमा पठाउदै आफु पनि उम्कन सफल बने।व्यवस्था परिवर्तनको सुनौला सपनाहरु बोकेर मुक्तियुद्वमा लागेकि यमुना गाउबस्तिहरुमा पुग्दा जनताहरुसंग तुरुन्त नजिक बनिहाल्ने स्वभावकि थिइन्। छिट्टै गाउलेहरुको मन जितिहाल्ने क्षमताकि उनलाई कयौ पटक उनै जनताहरुले कहिले गोठमा,कहिले भकारिमा अनि कहिले घास परालभित्र लुकायर सेना प्रहरिसंग बचायका छन्। संगै हिडेका साथिसंगिहरु युद्वमोर्चामा शहादत हुदाँको पिडाहरु अनि तिनै शहिदहरुको खबर परिवारसंग पुगाइदिदाका ति कारुणिक क्षणहरुले आज पनि यमुनालाई झस्काइरहन्छ।
आफ्नै जिबनसाथि सहादत भयको खबर सुन्दा
यमुनासंगै यमुनाका जिबनसाथि बिर रोका मगर (अमित) पनि जनयुद्वमा सहभागि थिए।रोल्पामा जनमुक्ति सेना गठनदेखि नै सैन्य क्षेत्रमा खटेका अमितले थुप्रै लडाईहरुको सफल नेतृत्व गरिसकेका थिए।अत्यन्तै साहश र चतुर स्वभावका अमित सबैका प्रिय कमाण्डर थिए।अमित र यमुना पछिल्लो समय फरक फरक जिल्लामा खटेका थिए। जसको कारण भेटघाट निकै कम हुने गर्थ्यो।कहिलेकाहि पार्टिकै संयन्त्र मार्फत चिठि आदानप्रदान भयपनि घरमा दुबैजना एकैपटक परिवारलाई भेत्न जाने अवसर भने कहिल्यै मिलेन।व्याक्तिगत र पारिवारिक इच्छाहरु भन्दा क्रान्तिप्रतिको जिम्मेवारिमा दुबैजनाको साथ,सहयोग र समर्थन निकै बढेको थियो।२०६१ सातिर यमुना प्युठानमा खटेकि थिइन्,केहिदिनपछि अमित र यमुना रोल्पाको थवाङ्गमा भेत हुने योजना थियो।जसको लागि यमुना रोल्पाकै यात्रामा थिइन् तर बाटोमै एक्कासि यमुनालाई अमितको शहादतको खबर आइपुग्यो।उनि छागाँबाट खसेकि जस्ति भईन्।यमुनालाई विश्वास नै नलागेको त्यो खबर अन्तत:सत्य नै थियो।तत्कालिन जनमुक्ति सेनाक कम्पनि सहकमाण्डर अमित रोल्पाकै दहवन भाङ्गोबारिमा आन्तरिक दुर्घटनामा परेका थिए।मुलुकमा सुनौला दिनहरु र घरपरिवारमा एकदिन खुसियालि ल्याउने अठोट बोकेका एक कमाण्डर बमसंगै दहवनमा जल्दा सिंगो पार्टि नै स्तब्ध बन्यो।युद्व यसरी भिषण बन्दै थियो कि यमुनाले जिवनसाथिको अन्तिम दाहसंस्कारमा समेत सहभागि बन्न सकिनिन्।यदि दुइजनामध्ये कोहि एक युद्वमा शहिद भयमा विचलित नबनि निरन्तर क्रान्तिमा रहिरहनेछौ भनेर यमुमा र अमितको बिचमा युद्वमैदानमै बाचा भयको थियो।त्यसकारण पनि यमुनाले कमाण्डर अमितले देखेका सपनाहरु पुरा गर्न आफुभित्र आत्मबल बढाउनै पर्थ्यो।भर्खरै आफ्नो गर्वमा ६ महिनाको सन्तान हुर्कदै थियो तर पनि यमुनाले शोकलाई शक्तिमा रुपान्तरण गर्दै निरन्तर युद्वमोर्चामै सहभागि बनिन्।
शान्तिपछि शहरको यात्रा अनि नेतृत्वको अपहेलना
बन्दुकको भरमा टिकेको राज्यसत्ता बन्दुककै नालबाट ध्वस्त हुन्छ भन्दै ०५२ सालबाट सशस्त्र जनयुद्वको घोषणा गरेको तत्कालीन माओबादिले २०६२/६३को जन आन्दोलनसंगै पार्टिलाई शान्तिपूर्ण राजनितिमा अवतरण गर्यो।वृहत शान्ति सम्झौता अनुसार जनमुक्ति सेनाहरु संयुक्त राष्ट्र संघको निगरानिमा अस्थायि क्याटोमेन्टमा बस्न थाले।यमुना पनि संगै घरबाट युद्वमा निस्केको जिबनसाथि गुमाउदै गाउघरतिर फर्किन्।घर फर्किदा खेतबारिहरुमा रूखहरु उम्रिसकेका थिए,घरहरु भत्किनै आटेका थिए।युद्वबाट बचेका बाकि परिवारका सदस्यसहित यमुना कृषि पेशा गर्दै परिवार पाल्न थालिन्।पार्टिको निर्देशन अनुसार जिम्मेवारि सम्हाल्दै गरेका उनलाइ गाउँमा बसेर छोरि पढाउन नसक्ने अवस्था सिर्जना भयो।त्यसपछि परिवारको गुजरा केहि सहज बनाउने सपनाहरु बोक्दै उनि काठमाण्डौ छिरिन्।भर्खरै युद्वबाट फर्केकि यमुनालाई काठमाण्डौले चिन्ने कुरै थियन।उनि शहर छिरेपछि दिनहरु थप कष्टकर बन्दै गयो।दैनिक ३०० रुपैयाको लागि १० घण्टा मजदुरि गर्दाका अनेक पिडादायि अनुभूतिहरु छन् यमुनासंग।कहिलेकाहि काम नचल्दा चिउरा मात्रै खायर दिन कटाउथिन्,एकसरो कपडा किन्न महिनौ पैसा जम्मा गर्नुपर्थ्यो।घरतिर फोन गर्नको लागि पनि पैसा नभयर लामो समय परिवारसंग टाढिनु पर्दाका नमिठा क्षणहरु सम्झिदा आज पनि यमुनाले गहभरि आशु लिन्छिन्।उता देशैभरि भने माओबादीको चहपहल बढेको थियो।सात वटा डिभिजनमा जनसेना,२१ डिभिजन बराबर वाइसियलहरु अनि गाउदेखि शहरसम्म माओबादिकै चर्चाहरु।यमुना जस्ता योद्वाहरुले रोल्पाबाट बचायर काठमाण्डौ पठाएका माओबादिका नेताहरु पनि कम थियनन्।कृष्ण बहादुर महरा,पासाङ,अनन्त,विप्लव लगायतका कमाण्डरको नाम खुबै सुनिन्थ्यो त्यो समयमा।यमुनाले एकपटक महरालाई भेतिन् जुनबेला महरा सरकारमा सहभागि थिए।आफ्नो जिविकोपार्जनको लागि सहज बाटो देखाइदिन आग्रह गर्न पुगेकि यमुनाको महराले निकै मन दुझाइदिए।उनले यमुनाको शैक्षिक योग्यता मागे,कामको अनुभवपत्रहरु मागे जो यमुनासंग छदै थियन।सानै उमेरमा लिदै गरेको शिक्षालाई बुर्जुवा शिक्षा भन्दै तिनै महराहरुले यमुनालाई किताब जलाउन लगाउदै स्कुलबाट पार्टिको सदस्यता दियका थिय।तर युद्व सकिसकेपछि तिनै नेताहरुले शैक्षिक योग्यता खोजेपछि केहि नबोलि उनि कोठामा फर्किन्,त्यो रात यमुना निदाउन सकिनिन् महराको व्यवहारले।अनेक दुखहरु झेल्दै उनले रोल्पाका थुप्रै नेताहरुलाई भेत्न पुगिन् तर कसैले पनि काठमाण्डौभित्र यमुनाको पिडा बुझिदियन।आफ्नै जिल्लाका नेताहरुसंग उनले राखेका केहि अपेक्षाहरु नेताको परिवार र नाता आफन्तभित्र मात्रै सिमित रह्यो।त्यसपछि यमुनाले पार्टि नेतृत्वसंगको सम्बन्ध घटाउदै जेनतेन काठमाण्डौमै मजदुरि गरेर परिवारको गुजरा चलाउन थालिन्।
नेकपा एमाले हुदै सांसदसम्मको यात्रा
दशवर्षसम्मको जनयुद्वको यात्रा र शान्ति प्रक्रियापछिको पार्टिको अपहेलानाले लगभग यमुनालाई राजनितिबाट टाढा बनाइसकेको थियो।पहिलो संविधानसभाको निर्वाचनमा मुलुककै ठुलो दल बनेको तत्कालीन माओबादिभित्र धेरै उतारचढाबहरु उत्पन्न भयो।किरण,बाबुराम र विप्लव जस्ता नेताहरुले पार्टि बिभाजन गरे एकपछि अर्को क्षति व्यहोर्दै गरेको माओबादिले अन्तत नेकपा एमालेसंग पार्टि एकता गर्यो।नेकपा एमाले र माओबादि बिचको त्यो एकता पनि लामो समय टिक्न सकेन त्यसपछि फेरि पार्टि बिभाजनतिर गयो।त्यतिबेला माओबादिका प्रभावशाली नेताहरु राम बहादुर थापा,टोप बहादुर रायमाझि,लेखराज भट्ट लगायत रोल्पाका नबिन रोकाहरु एमालेमै रहने निर्णय गरे।जुनबेला कयौ शुभचिन्तक र पार्टि संगठनबाट यमुनालाई राजनितिमा सक्रिय हुन आग्रह भयो।सामान्यतया मजदुरि गरेर जिबन गुजरा गरिरहेकि यमुना पनि रोल्पाको ठुलो माओबादि समुहसहित एमालेमा प्रवेश गरिन्।त्यसपछि उनको सक्रियता निकै बढेर गयो।रोल्पाको गाउबस्तिहरुमा पुगेर यमुनाले फेरि राजनितिमै स्थापित हुने दृढ़ संकल्प बोकिन्।अन्तत:गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि यमुनालाई नेकपा यमालेले लुम्बिनी प्रदेशमा समानुपातीक सांसदमा पठायको छ।सांसद यमुनाले आफ्नो ५ वर्षे कार्यकालमा रोल्पा लगायत सिंगो लुम्बिनी प्रदेशको विकाश र सम्रधिको लागि थुप्रै सपनाहरु बोकेकि छिन्।थुप्रै त्याग र बलिदानबाट जन्मेकि रोल्पालि सांसद यमुना रोका मगरको अगामि राजनितिक यात्रा कम चुनौतीपूर्ण भने अवश्य छैन।।