चारै तिर कुहिरोले
ढाकिएको सोलुको
हरियाली थाम डाँडा
अनि तिनै हरियालीको मिश्रणबाट
तिम्रो अंगरक्षक हर
रातो ताराको कफन बाधेर
मलाइ र मेरो बन्दुक समातिएको
गत्ते हो आज!!
तिमिले भन्ने गर्थ्यौ
ज्यान भन्दा ठुलो बन्दुक
तर मलाइ लाग्थ्यो
बन्दुक बन्दा ठुलो ज्यान
त्यसैले मैलै बन्दुक सँगसँगै
प्राण दिन सकिन
3.3.राइफल र ५ राउन्ड बुलेट
एक हाप ज्याकेट
तिम्रो अंगरक्षकको हातमा छोडि
भाग्न सफल भएको
महिना यहि हो!!
मेरो ज्यान र अस्मिता बचाउदा
कायर र गद्दार को विल्ला
तिमिबाट पाएको
मौसम यहि हो
तिम्रो राक्षस अंगरक्षकको
हातबाट फुत्केर
थाम डाँडाको भिरबाट लड्दै
अर्धमृत शरिरले
अभद्र छुद्र शव्द पद पाउँदा
पिडाको बलिन्द्र धारा बर्षाउने
मुसलधारे वर्षाद यहि हो!!
कालको मुखबाट बाचेर
सम्पर्कमा आउदा
तिमिले लचारिको
तक्मा भिराइ दिएको
ऋतु यहि हो!!
त्यसैले भन्छु म
क्रान्ति वर्गसंघर्षको मार्गमा
लाखौलाइ लामबद्व गराउन सक्ने
अवसरवादि कम्युनिस्ट बुख्याचा
हौ तिमी
संघियता गणतन्त्रको नाममा
हजारौं जनालाइ
मृत्युु केही होइना भनि पाठ सिकाउने
विबेकशिल बहादुर
हौ तिमी!!
ति मृत लासको चिता माथि टेकेर
सर्वहारा वर्गको बच्छि माथि
तिर रोप्न सक्ने आटि
कम्युनिस्ट ढोङ
हौ तिमी!!
लासको थुप्रो सँग साटिएको
आधुनिक स्वचालित हतियार लाइ महल र चौरासि व्याञ्जनसँग साट्न सक्ने
महान् मान्छे हौ तिमी!!
(लेखिका "मनकुमारी"तत्कालिन जनयुद्वकि एक सैन्य कमाण्डर हुनुहुन्छ)