ताजा अपडेट

बिमा कुमारी दुरा सम्मान साझँ-२०२२ अमेरिकामा हुदै

काठमाण्डौ/बरिष्ठ लाेक तथा दाेहाेरी गायिका बिमा कुमारी दुराकाे सम्मानार्थ अमेरिकामा”बिमा कुमारी दुरा सम्मान साँझ-२०२२’आयाेजना गरिएकाे छ।आगामी जुन २६ तारिखको दिन बाल्टिमोर मेरिल्याण्डमा कार्यक्रम आयोजना हुने निश्‍चित भएकाे छ।

“नेपाल र नेपालीकाे शान,कला,संस्कृती हाम्राे पहिचान”भन्ने मूल नाराका साथ बिमा कुमारी दुरा सम्मान साँझकाे आयाेजना गरिएकाे कार्यक्रम संयाेजक बरिष्ठ सर्जक एवं गायिका सृजना विरही थापाले जानकारी दिनुभयाे।नेपाली लाेक दाेहाेरी गीत संगीत जगतमा लामाे समदेखि याेगदान पुर्याउदै आउनु भएका बरिष्ठ लाेक गायिका दुराकाे सम्मानार्थ कार्यक्रमकाे आयाेजना र संयाेजन गर्न पाउँदा आफू हर्षविभाेर भएकाे संयाेजक सृजना विरही थापाले बताउनुभयाे।

गायिका दुराले हजाराैं कालजयी गीतमा आफ्नाे आवाज दिएर नेपाली गीत संगीत प्रेमी दर्शक श्राेताकाे माझमा उच्च स्थान बनाइसक्नु भएकाे छ।”बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ ‘ लाई सभ्य भव्य र विशेष रुपमा सम्पन्न गर्नका निम्ति आयाेजकले विभन्न जिम्मेवारीहरुकाे बाँडफाड समेत गरेकाे छ । कार्यक्रम संयाेजकमा सर्जक एवं गायिका सृजना विरही थापा, कार्यक्रम उद्घाेष तथा कलाकार संयाेजकमा लाेकप्रिय गायक राजन ठकुरी र आर्थिक संयाेजककाे जिम्मेवारी सुमित्रा लामालाई प्रदान गरेकाे छ।

कार्यक्रमका लागि तयारी तिव्ररुपमा भइरहेकाे संयाेजक थापाले जानकारी दिनुभयाे । साथै उहाँले याे उच्च स्तरीय कार्यक्रमलाई सफल पार्नका सहयाेगका निम्ति सबैलाई अपिल गर्नुभएकाे छ । कार्यक्रम सभ्य एवं भव्य रहाेस् हाम्राे तर्फबाट धेरै धेरै शुभकामना । साथै सम्मानित हुदै गर्नुभएका वरिष्ठ गायिका बिमा कुमारी दुरालाई अग्रिम बधाई ।

प्रतिक्रिया दिनुहोस