बैसाख १९ रोल्पा- आगामि बैसाख ३० गत्ते हुन गइरहेको स्थानिय निर्वाचनले यतिबेला मुलुकको माहोल तातिएको छ।गाउँदेखि शहरसम्म चिया चौतारीदेखि घरदैलोसम्म राजनितिक दलका नेता कार्यकर्ता र मतदाताहरुको भेटघाटले व्यस्तता पाएको छ।यसैबिच रोल्पाको रुन्टिगढि गाउपालिकामा पनि चुनाबि रौनकता बढेको देखिन्छ। तत्कालीन माओबादी जनयुद्वको उद्गमस्थल एवं माओबादीको केन्द्रिय आधार ईलाकाको परिचयले परिचित रोल्पाको होलेरि समेत यहि रुन्टिगढि गाउपालिकामा पर्दछ।
प्रमुख तिन दलहरु माओबादी केन्द्र,नेपाली कांग्रेस र नेकपा एमाले बिच त्रिपक्षीय चुनाबि प्रतिस्पर्धा रहेको रुन्टिगढिमा यसपटक भने माओबादीबाट गाउपालिका अध्यक्षका उम्मेदवार”नजर”को चर्चा निकै बढेको छ। रुन्टिगढि गाउपालिकाको डुब्रिङ् निवासी गोबिन्द बहादुर पुन ( नजर ) माओबादी केन्द्रभित्र कुशल संगठक एवं इमान्दार नेताको रुपमा चिनिन्छन्।माओबादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य समेत रहेका”नजर”जनयुद्वका एक सिपाहि समेत हुन्।तत्कालिन राज्य पक्षको दमनको बिरुद्व माओबादी जनयुद्वमा सहभागि”नजर”को सिंगो परिवारले जनयुद्वको अवधिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो।युद्वकालमा सैन्य र संगठानिक दुबै मोर्चा कुशलतापूर्वक सम्हालेका तिनै”नजर”ले यसपटक रुन्टिगढि गाउपालिकाको सुन्दर भविष्यसहितको सपनाहरु संगालेका छन्।
गत निर्वाचनमा नेकपा एमाले विजयी भय पश्चात रुन्टिगढिमा आम नागरिकहरुले अपेक्षा गरेअनुसार स्थानीय सरकारले कार्यसम्पान गर्न नसकेको गुनासो चौतर्फि रहेको छ।यसपटक “नजर”ले रुन्टिगढिका लागि अरु दलका उम्मेदवार भन्दा केहि फरक सपनाहरु बोकेका छन्।शिक्षा,स्वास्थ्य एवं सन्चार प्रविधिको गुणस्तर बृढिदेखि आम नागरिकको समान पहुँच अनिवार्य उनको सपना छ।त्यसैगरि कृषिमा आधुनिकीकरण संगै उत्पादनलाई सहज बजार व्यवस्थापन,प्रत्येक टोलमा सडक संजाल बिस्तार,युवाहरुलाई रोजगारका विसेस योजनाहरु,गाउपालिकालाई पर्यटन क्षेत्रमा जोड्न दीर्घकालीन कार्यक्रमहरु लागाएत विकाश निमार्णमा आम नागरिकको माग र आवश्यकता अनुसार अघि बढ्ने उम्मेदवार “नजर” को प्रतिबद्धता रहेको छ।
साथै तत्कालीन माओबादी जनयुद्वका दुबै पक्षका घाइते-अपांगहरु,शहिद-वेपत्ता परिवारहरु लगाएतका लागि राहतका कार्यक्रमहरु ल्याइने समेत”नजर”का सपनाहरु छन्।जनयुद्वको अवधिभर समाजका गलत क्रियाकलाप विरुद्व क्रान्तिको आगोमा उभियर लडेका उनले अब पनि रुन्टिगढि गाउपालिकाभित्र आम जनताहरुको सेवा गरेर राजनितिक यात्रालाई निरन्तरता दिने सपना संगालेका छन्।यसपटक रुन्टिगढिको नेतृत्व आफ्नो हातमा परेपछि सुन्दर रुन्टिगढिलाइ सम्रिध रुन्टिगढि बनाउने कयौ सपनाहरु”नजर”भित्र रहेका छन्।
मुलुकमा स्थापित संघिय लोकतांत्रिक गणतन्त्र,नया संविधान,धर्म निरपेक्षता,समावेशिता लगाएतका लागि पाईला पाइलाहरुमा रगत पसिना चुहाउदै आजसम्म राजनितिक संघर्ष गरेका”नजर”लाई यसपटक रुन्टिगढि गाउपालिको नेतृत्व गर्ने अवसर यहाँका आम नागरिकहरुले दिन्छन् या दिदैनन् बैसाख ३० पर्खिनै पर्नेछ।