नेकपा माओबादि केन्द्रले गत शनिवार देशभरका स्थानिय तहमा पार्टिको अधिवेशन सम्पन्न गरेको छ।७५३ स्थानिय तहमै सर्वसहमत नेतृत्व चयन गरेको माओवादिले पार्टिभित्र एकताको यथार्थ संदेशसमेत प्रवाह गरेको छ।
यसैबिच रोल्पामा पनि १० स्थानिय तहबाट सर्वसहमत माओबादिका स्थानिय नेतृत्वहरु उदायका छन्। दशवर्षे जनयुद्वको उद्गमस्थल एवं केन्द्रिय आधार ईलाका समेत रहेको रोल्पामा १ नगरपालिकासहित ९ गाउपालिकाको स्थानिय संरचना रहेको छ।जुन स्थानिय तहको नयाँ माओबादि कमाण्डरहरुमा रोल्पा नगरपालिकामा फविन्द्र आचार्य,थवाङ् गाउपालिकामा रामधन पुन,परिवर्तन गाउपालिकामा सुक बहादुर बुढा,गंगादेव गाउपालिकामा नरसिंह राना,माडी गाउपालिकामा अमरसिंह घर्ती,त्रिवेणी गाउपालिकामा शेरसिंह बन्दिपुरे,रुन्टिगढि गाउपालिकामा जगत घर्ती मगर,सुनिलस्मृती गाउपालिकामा मनिराम बुढाथोकि,सुनछहरी गाउपालिकामा धन बहादुर पुन र लुङ्ग्रि गाउपालिकामा नेम बाहादुर खड्का रहेका छन्।
दशवर्षे जनयुद्वमा पार्टिभित्र महत्वपूर्ण योगदान गरिसकेका यी कमाण्डरहरु फेरि पार्टि कार्यकर्ता र आम जनताको माझमा पुग्दैछन्।संघर्षपुर्ण राजनितिक यात्राबाट उदायका रोल्पाका १० स्थानिय नेतृत्वहरुको आगामि यात्रा भने त्यति सहज देखिदैन।रोल्पाका हज्जारौ शहिद परिवार,अंगभंग भयका योद्वाहरु र वेपत्ताका परिवारप्रती माओबादिका नेता कमाण्डरहरु सकारात्मक नरहेको गुनासो निकै सुनिने गर्दछ।