ताजा अपडेट

नेशनल लघु वित्त वित्तीय संस्था लि. साखा होलेरीद्वारा त्रिवेणीमा १८ लाख म्यादी विमा हस्तान्तरण

होलेरी- नेशनल लघु वित्त वित्तीय संस्था लि. साखा कार्यालय होलेरीले त्रिवेणी गाउँपालिकाका विभिन्न सदस्य परिवारलाई १८ लाख २० हजार रुपैयाँ म्यादी विमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाको १२ औं वार्षिक उत्सवको अवसर पारी साखा कार्यालय होलेरी रोल्पाले कर्जाको म्यादी बिमा वापतको रकम त्रिवेणी गाउँपालिका वडा नं २ को नुवागाउँमा औपचारिक रुपमा रकम हस्तान्तरण गरेको हो ।
समुह नं ३३ कि समुह अध्यक्ष गौमती कुमारी बस्नेतको सभापतित्व एवं त्रिवेणी २ का वडा सदस्य बिनोद कुमार थापा मगरको प्रमुख आतिथ्यता तथा समुह नं ४२ कि अध्यक्ष तिलकुमारी बाँठा मगर , समुह नं २२ कि अध्यक्ष शुसिला थापा , साखा कार्यालय होलेरी रोल्पा कि कार्यालय प्रमुख झुमा वलीको आतिथ्यतामा म्यादी विमा रकम हस्तान्तरण गरिएको हो ।

नेशनल लघु वित्त वित्तीय संस्थाले कर्जा लिएका समुह पदाधिकारीका परिवार भित्र कसैको आकस्मिक मृत्यु भएको अवस्थामा कर्जा मिनाहा गरिदिनुका शाथै काजकिरिया खर्च समेत प्रदान गर्दै आएको छ ।

समुह नं ३३ को सदस्य अमृता नेपालीको श्रीमान रेशम बहादुर नेपालीको निधन भएपछि ५ लाख कर्जा लिएकोमा ३०% काजकिरिया सहित  जम्मा ६ लाख ५० हजार म्यादी विमा रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । त्यस्तै समुह नं ४२ को सदस्य मतिकला बाँठाको निधन भएपछि ७ लाख कर्जा लिएकोमा ३० % काजकिरिया खर्च सहित मृतक कि शासु आमा चिजमाली बाँठालाई ९ लाख १० हजार हस्तान्तरण गरिएको हो । र समुह नं २२ कि सदस्य मिरा रोकाको श्रीमान नर बहादुर रोका मतवालको निधन भएपछि २ लाख कर्जा लगानी गरिएकोमा ३०% काजकिरिया खर्च सहित २ लाख ६०  रुपैयाँ हस्तान्तरण गरिएको छ ।

यसरी बुधबार एक कार्यक्रमबिच ३ फरक परिवारलाई जम्मा १८ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । कार्यक्रम सहजीकरण नेशन लघु वित्त वित्तीय संस्थाका कर्मचारी बिशाल पुन मगरले गरेका थिए ।
शाथै १२ औं वार्षिक उत्सव सगौरव तरिकाले मनाइएको जस्तै आगामी वर्षहरूमा पनि समुह,पदाधिकारी र संस्थाबिच प्रगाढ सम्बन्ध रहने र कारोबार बढ्ने विश्वास रहेको नेशनल लघुवित्त वित्तीय संस्था साखा कार्यालय होलेरी प्रमुख झुमा वलीले विश्वास ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस