होलेरी- नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड होलेरी शाखाद्वारा संस्थाका सदस्य रहेका २ जना मृतक कर्जा म्यादी विमा अन्तर्गत १३ लाख रुपैयाँ प्रदान गरिएको छ ।
संस्थाकि रोल्पाको रुन्टीगढी गाउँपालिका ७ गैरा निवासी जैमती नेपाली कि श्रीमान मने घर्तीको निधन भएपछि उनका घरपरिवारलाई उनीहरुलाई ३ लाख कर्जा मध्ये ३० प्रतिशत क्रिया खर्च थपेर उनको परिवारलाई जम्मा ३ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको नेशनल लघुवित्त होलेरी साखाले जानकारी दिएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिका वडा नं २ दहबन निवासी संस्था कि सदस्य विष्णु रोकाकि श्रीमान प्रेम रोकाको निधन भए पश्चात उनको परिवारले संस्थाबाट निकालेको
७ लाख रुपैयाँ कर्जाबाट उनीहरुले हालसम्म बुझाएको किस्ता,ब्याज समेत फिर्ता गरि ७ लाखको ३० प्रतिशत क्रिया खर्च २ लाख १० हजार थप गरेर जम्मा ९ लाख १० हजार प्रदान गरिएको नेशनल लघुवित्त वित्तीय संस्था लिमेटेड शाखा कार्यालय होलेरी शाखा प्रमुख झुमा वलीले होलेरी खबरलाई जानकारी दिएकि छन्।
रुन्टीगढी ७ मा वडा अध्यक्ष टेकलाल पुनको सहभागीतामा तथा त्रिवेणी गाउँपालिका २ मा वडा सदस्य कमला वि.क.को सहभागीता एवं संस्थाकि कार्यालय प्रमुख झुमा वली,अन्य कर्मचारीहरु लगायत सम्बन्धित समुहहरुका पदाधिकारीहरुको सहभागीतामा कर्जा विमा रकम हस्तान्तरण गरिएको नेशनल लघुवित्त साखा होलेरीले जनाएको छ ।