ताजा अपडेट

सूचीकृत नहुने सहकारी खारेज गरिन्छ : नगर प्रमुख खड्का

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सुचीकृत नहुने सहकारी संस्थालाई खारेज गरिने बताएका छन् ।
आज तुलसीपुर उपमहानगरपालिकाले सहकारी संचालकसँग आज गरेको छलफलमा मेयर खड्काले उपमहानगरले सहकारीलाई नियमन गर्न सूचीकृतकालागि आह्वान गरिएको भन्दै सूचीकृत हुन नआउने सहकारी संस्थाको दर्ता खारेजकालागि सम्बन्धीत निकायमा पत्राचार गरिने चेतावनी दिए । बिभिन्न सहकारी बचतकर्तालाई ठगेर भागेको प्रसंग उल्लेख गर्दै मेयर खड्काले सूचीकृत भएमा सबै सहकारीको वास्तविकता स्थानीय सरकारसँग रहने र बचतकर्तालाई ठगिबाट जोगाउन सकिने बताए ।
‘सहरकारीको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारमा सूचीकृत हुन आह्वान गरिएको छ ।’मेयर खड्काले भने,‘कारोवार बिग्रेको सहकारी भए हामी बचतकर्तालाई सचेत गराउँछौँ र ठगिनबाट जोगाउँछौँ ।’ तुलसीपुर उपमहानगरले उमहानगर भित्र संचालनमा आएका सहकारीलाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस