दाङ – दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामाग्री केन्द्रमा हुने लोक सांस्कृतिक महोत्सवको आयोजक जिल्ला उद्योग वाणिज्य संघले तयारी गरिरहेको छ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवलाई सफल बनाउनका लागि मुल आयोजक समिति तथा विभिन्न उपसमितिको विस्तार गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको संयोजकामा रहेको मुल आयोजक समितिको विस्तार गरिएको छ । जसमा घोराहीको सम्पूर्ण वडा अध्यक्षहरु, दाङका सम्पूर्ण उद्योग वाणिज्य संघ, वस्तुगत समितिका अध्यक्ष, दाङका क्रियाशील संस्था, समाजसेवी रहने गरी २६३ सदस्यीय मुल आयोजक समिति रहेको छ । त्यसैगरी राजनीतिक दलका प्रमुखहरु,दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, दाङका सवै पालिका प्रमुखको सल्लाकार समिति समेत बनाइएको छ। यो महोत्सवले व्यवसायी र जनसमुदाय लाई धेरै फाईदा र अन्तर्राष्ट्रियस्तरमा दाङलाई चिनाउने मौका मिलेको सह- कोषाध्यक्ष माधब खनालले जानकारी दिएका छन्।