ताजा अपडेट

मेयर बालेन साहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सामाजिक सञ्जालमा लेख्ने महानगरकै कर्मचारीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाइएको छ ।

शुभकामना

मेयर साहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेलविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको हो । पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगर बासीले तिरेको कर हो’ लेखेका थिए ।

शुभकामना

झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै सस्मित पोखरेलले गत फागुन १६ मा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । मेयर साहको अख्तियारी लिएर नै आफूले पौडेलविरुद्ध जाहेरी दिएको पोखरेलले बताए । मेयरमाथि आराेप लगाउँदै पटकपटक सामाजिक सञ्जालमा लेखेपछि प्रहरीकाे जानु परेकाे उनले बताए ।
ताप्लेजुङको मौवाखोला गाउँपालिका– १ घर भई महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत पौडेल अहिले निलम्बनमा छन् ।

प्रतिक्रिया दिनुहोस