 
			तुलसीपुर- अभियान लघुवित्त वित्तीय संस्था दाङ्ग शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । संस्थाले तुलसिपुर उप.म.न. पा -२ दाङ्ग निवासी स्व: गौरी डांगीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।
संस्था बाट सदस्य गौरी डांगिको श्रीमान पुरभान डांगीलाई मृत्यु दावी बापत चार लाख साठी हजार रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको थियो।
मृतक गौरी डांगीको २०८० साउन ५ गते चट्याङमा परि निधन भएको थियो ।

संस्थाका शाखा प्रमुख दुर्गालाल बिश्वकर्मा तुलसिपुर उप.म.न. पा. २ का वडा अध्यक्ष भिम ब. योगि, वडा नं. २ का जन प्रतिनिधि मोहन डांगीले पुरभान डांगीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए ।
संस्थाका शाखा प्रवन्धक दुर्गालाल बिश्वकर्माले बीमा कम्पनी सामाजिक सेवा प्रदायक संस्था भएकोले वचत, कर्जा मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराएका थिए ।