ताजा अपडेट

उवासंघ रोल्पा र होलेरी बजार ब्यबस्थापन समितिले पठायो जाजरकोट भुकम्प पीडितलाई सहयोग

होलेरी- उद्योग बाणिज्य संघ रोल्पा र होलेरी बजार ब्यबस्थापन समितिको संयुक्त पहलमा जाजरकोटका भुकम्प पीडितहरुलाई सहयोग पठाइएको छ।

रकम जम्मा भौजर

उद्योग बाणिज्य संघ रोल्पाका उपाध्यक्ष गोपाल प्रशाद श्रेष्ठ,होलेरी बजार ब्यबस्थापन समितिका अध्यक्ष होम यरी,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन (नजर),होलेरीका स्थानिय ब्यापारीहरुले मंगलबार पचास हजार ४ सय बिश रुपैयाँ सहयोग गरेका हुन्।
प्रधानमन्त्री दैवी उद्वार कोषमा जम्मा गरेको होलेरी बजार ब्यबस्थापन समितिका अध्यक्ष होम यरीले जानकारी दिएका छन्।

पीडितहरुलाई थोरै भएपनि राहत हुने अभियनताहरुको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस