ताजा अपडेट

जाल्पा लघु बित्त बित्तिय संस्था लमही द्वारा मृत्यु पछिको सुबिधा भुक्तानी

दाङ- जाल्पा लघु बित्त बित्तियसस्थाको लमही शाखाले मृत्यु पछिको सुबिधा भुक्तानी गरेको छ । संस्थाले लमही नगरपालिका वडा नम्बर ४ निवासी स्व. तारा बहादुर कुमालको श्रीमतीलाई बिमा सुबिधा भुक्तानीको नगद हस्तान्तरण गरेको हो ।

दाङ्गको लमहीमा मृतकको घरमै पुगी मृतककी श्रीमति चन्द्रमाया कुमाललाई ६ लाख ३० हजार रुपैयाँ नगद संस्थाका शाखा प्रमुख पुष्पा पुलामी शर्माले हस्तान्तरण गरेका थिए । मृतक तारा बहादुर कुमालको गत जेष्ठ २९ कार दुर्घटनामा परि निधन भएको थियो । सो अवसरमा रकम बुझ्दै मृतककी श्रीमतीले जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्थाप्रती आभार प्रकट गरिन । ‘गाउँघरमा ऋण लिएको भए साँवा र ब्याज सबै रकम तिर्नुपर्नेथियो’, उनले भनिन ‘संस्थाबाट ऋण लिँदा उक्त ऋण पनि मिनाह भयो, अन्य सुविधाको रकम पनि पाइयो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले सामाजिक, आर्थिक बिकास यस सस्थाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको संस्था लाई धन्यवाद समेत ब्यक्त गरिन ।

जाल्पा सामुदायिक लघु बित्त बित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख पवन योगीले सामाजिक सेवा प्रदायक संस्था भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस संस्था प्रभावकारी रुपमा भुक्तानी गर्देै आएको जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगि, जाल्पा सामुदायिक लघु बित्त बित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख पवन योगी, अभिकर्ता, कर्मचारी, समुहका सदस्य , स्थानिय संचारकर्मी तथा मृतकका परिवार आफन्तको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर १९३ का अध्यक्ष आइतराम कुमालले गरेका थिए भने कार्यक्रमको सहजिकरण संस्थाका लमहि शाखा प्रमुख पुष्पा पुलामी शर्माले गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस