होलेरी- सहिद मार्ग भएर चल्ने विभिन्न सार्वजनिक सवारीहरुलाई शुक्रवार छड्के चेकिङ गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले लागू गरेको चालक,सह-चालक पोसाक,मैत्रीपुर्ण पुर्ण सिटको कार्यान्वयन,टाइम कार्डको पालना लगाएतका बिषयम चेकजाँच गरिएको हो।
सार्वजनिक सवारीमा यात्रुहरु कत्तिको सहज र शुरक्षित तरिकाले यात्रा गरिरहेका छन् भनेर शुक्रवार होलेरी खबर टिमले चासो राखेपछि अस्थाई ट्राफिक पोस्ट होलेरीकि प्रमुख ट्राफिक प्रहरी हवल्दार बिमला कुवरसहितको प्रहरी टोलिले विभिन्न सार्वजनिक सवारीहरुमा छड्के चेकजाँच गरेको हो।
चेकजाँचका क्रममा कुनै वसमा जेष्ठ नागरिकलाई पछाडिको सिटमा बसालेर जेष्ठ नागरिक सिटमा युवाहरू बसिरहेको,कुनैमा मैत्रीपुर्ण सिट नलेखिएको तथा सवारी चालक पोसाक उल्टो लगाउने जस्ता लापरबाहीहरु भेटिएका थिए।
चेकजाँचका क्रममा ट्राफिक प्रहरी हवल्दार बिमला कुवरले ट्राफिक नियम पुर्ण रुपले पालना गर्न निर्देशनात्मक चेतावनी समेत दिनु भएको छ।
चेकजाँचकै क्रमा केहि वडा अध्यक्षहरुले बजारमा लिएर आएका सेता नम्बर प्लेटका सरकारी मोटरसाइकलबारे पनि सोधेपुछ गरेर ब्यक्तिगत काममा सरकारी सवारी प्रयोग नगर्न सुझाव दिइएको थियो।
आफूहरु बिहान ७ बजे देखि साझ ७ बजेसम्म सडकमै खटिएर नागरिकका शुरुक्षित यात्राका लागि काम गरिरहेको प्रहरी हवल्दार कुवरको भनाई रहेको छ।
भिडियो