ताजा अपडेट

सर्लाही प्रहरीले एकैदिन २०२ फरार अपराधी पक्राउ

काठमाडौं- जिल्ला प्रहरी कार्यालय सर्लाहीले एकै दिन २०२ फरार अपराधी पक्राउ गरेको छ ।

विभिन्न अपराधीक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो सङख्यामा फरार अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले बताए । उनले भने जिल्लामै ठुलो पक्राउ संख्या हो हामी कार्यान्वयनको पाटोमा लागिरहेका छौ ।

उनीहरूलाई शुक्रबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दयानिधी ज्ञवाली भनाई छ । पक्राउ परेका उनिहरुलाई एक दिन देखि साढे तिन वर्ष सम्मको कैद सजाय र एक सय रुपैयाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना तोकिएका व्यक्ति छन् ।

पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित छन् ।

‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानूनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने, ‘हामी पुराना फाइल हेर्दैछौं । दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौं ।’

प्रहरीका अनुसार फरार भइ हालसम्म पक्राउ पर्नेहरुमा ५ दिनदेखि ३ वर्ष ६ महिनासम्म कैद सजाय तोकिएका र

गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक ९आईजीपी० बसन्त कुँवरले समेत आफ्नो व्रिफिङमा जतिसक्दो धेरै फरार अपराधीहरुलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् सो विरुद सर्लाही प्रहरी आक्रमक तवरले लागेको छ ।

प्रतिक्रिया दिनुहोस