होलेरी-रोल्पा होलेरीको दोश्रो प्रवेशद्वार ग्वार खोला- होलेरी सडक खण्ड अन्तर्ग रुन्टिगढी गाउँपालिका ८ कुर्जामा सनिबार अस्थाई प्रहरी पोष्टको उद्घाटन भएको छ।
२०७४ यता स्थानिय सरकार रुन्टीगढीले अस्थाई प्रहरी पोष्टको माग गर्दै आएको थियो।यस पटक भने अस्थाई प्रहरी पोष्टको स्थापना भएको छ।रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन,उपाध्यक्ष सरिता केसी,८ नं वडा अध्यक्ष तुल्सी पुन,लुम्बिनी प्रदेश प्रहरी कार्यालयका शुरक्षाकर्मी,अन्य जनप्रतिनिधि,राजनैतिक दल र सर्व साधारणहरुको सहभागीता एक कार्यक्रमबिच उद्घाटन सम्पन्न भएको हो।