ताजा अपडेट

बाघ बछ्ला बहुउद्देश्यीय सहकारी नागढुङ्गाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- बाघ बछला बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वाषिर्क साधारणसभा सप्पन्न भएकाे छ ।

चन्द्रागिरि -२, नागढुङ्गा स्थित सहकारीले आफ्नाै १७ औं वाषिर्क साधारणसभा भव्यताका साथ सम्पन्न गरेकाे हाे ।

बाग्मती प्रदेश, पर्यटन तथा संस्कृति तथा सहकारी मन्त्री माननीय पुकार महर्जनले प्रमुख अतिथिका रुपमा बोल्दै सहकारीको एकीकृत पुँजी लाई कृषि ,उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धी हासिल गर्न सकिने बताए ।मन्त्री महजर्जले प्रदेशको बिकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको ससक्तिकरणमा टेवा पुगेको धारणा राखे । मन्त्री महर्जनले भने,”आर्थिक रुपले बिश्व नै मन्दी तर्फ धकेलिएको र नेपालमा पनि घर जग्गा, शेयरबजारमा आएको गिरावट र देशभरका धेरै सहकारीकरु तरलताको कमीले गर्दा आफ्नो साख गुमाईरहेको अवस्थामा याे सहकारीको कार्य शुखद् रहेकाे छ ।”

‘सिद्धांत र व्यवहार दुबै रुपले सहकारी’ भन्ने नाराका साथ सम्पन्न साधारण सभामा वोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले सहकारीले समुदायमा छरिएको पैसालाई एकिकृत गरी सदस्यहरुको समस्या समाधान गर्नुका साथै बैंकहरुको झञ्झटिलो प्रकृयाबाट मुक्त गरी सहजै बित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरे

मेयर गिरीले सहकारी मार्फत संकलित पूँजीलाई कृषि व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा जोड्न सके त्यसले सदस्यहरुलाई आर्थिक रूपमा अगाडि पुर्याउने विश्वास व्यक्त गरे ।

सभामा संस्थाका अध्यक्ष तेज बहादुर भूर्तेलले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

सदस्यहरुको स–सानो पूँजीलाई दैनिक रुपमा बचत गराउँने र बचत भएको पूँजीलाई सदस्यहरुकै हितका लागि लगानी गर्ने निकाय सहकारी भएको उनले जनाए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, सहकारी शाखाका प्रमुख राजु बहादुर खड्का सहकारी क्षेत्रलाई राज्यले समेत प्राथमिकता दिइ अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा अघि सारेकाले सहकारीहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रष्टाए ।

सहकारीले शुरुका दिन देखि नै १५% भन्दा कम कुनै बर्ष आफ्ना सदस्यहरुलाई प्रतिफल नदिने कठोर लक्ष्य राखेको उक्त संस्थाले अघिका सबै बर्षहरुमा जस्तै आफ्नो लक्ष्यआ•व• २०७९/८०मा पनि पूरा गरी उक्त आव को नाफा(बचत)बाट १५% प्रतिफल दिन लागेको जनाएको छ ।

१ बर्ष भन्दा बढी भाका नाघेको कर्जाको १००%, १ बर्ष भन्दा कम भाका नाघेको कर्जाको ३५% र मौज्दातमा रहेको असल कर्जाको १% रकम शंकास्पद ऋण कोषमा बिनियोजन नगरी लाभांश बाढ्न नपाईने संघीय सहकारी बिभागको निर्देशनलाई पालना गर्दै उक्त कोषमा प्रयाप्त रकम राखी लाभांश दिन लागेको हो।

कार्यक्रममा चनपा-२ का पूर्व वडा अध्यक्ष श्री गोपी सुर्खेती, समाजसेवीद्वय श्री ईश्वर लामा तथा श्री मिलन विष्ट लगायतको उपस्थिति रहेकाे थियाे ।

  उक्त संस्थाले आ•व• २०७९/८० बाट स्थानीय सरकार चन्द्रागिरि नगरपालिकासंगको सहकार्यमा स्थानीय उत्पादनको बिक्री-वितरण तथा बजारीकरणमा सघाउने उद्देश्यले स्थानीय बिक्री केन्द्रको संचालनमा शुरु गरेको छ जस्ले स्थानीय उत्पादकले उचित मूल्य, बिक्री गर्ने स्थान र बजारीकरणको अवसर पाएका छ्न् भने बिचौलीयाको दु:खबाट छट्कारा दिएको छ। 

त्यसरी नै संस्थाले यो बर्ष कीर्तिपुर अस्पतालको प्राबिधिक सहयोग र चनपा-२ संगको समन्वयमा मोति बिन्दु सम्वन्धी आँखा शिविर संचालन गरेको थियोे जस्मा २५० जना बढीले आफ्नो आँखा परीक्षण गरी लाभ लिएका थिए भने १५ जनाको मोतिबिन्दुका रोगीको सहकारीले आफ्नो तर्फबाट
शल्यक्रियाको खर्च बेहोरी आँखा देख्न सक्ने बनायो ।

यो मानवीय कार्यले उक्त संस्थाको कामलाई प्रसंसनीय बनाएको छ। त्यस्तै गरि उक्त सहकारीले बिगतका बर्षहरुमा झै संस्थाको शैक्षिकवृत्ति कोषबाट २ जना जेहेन्दार तथा आर्थिक सहायताले आवश्यकता रहेको छात्र-छात्रालाई शैक्षिकवृत्ति प्रदान गरेको थियो भने आगामी बर्ष यो संख्या दोब्बर बनाउने लक्ष राखेको छ।

उक्त सहकारीले त्रिभुवन राजमार्ग अन्तर्गत नागढुङ्गा खण्डको ग्रीनल्यान्डमा दुबो राख्ने, बिरुवा हुर्काउने जिम्मेवारी लिई Highway Greenery कार्यक्रम अन्तर्गत स्थानीय वडासंग समन्वय गरी कार्य गर्ने जिम्मेवारी बोक्ने कार्यको थालनी गरेको छ।
संस्थाले आफ्ना जेष्ठ नागरिक सदस्यहरूको सम्मानमा भब्य कार्यक्रमहरु गर्दै आई रहेको छ भने यो बर्ष तीर्थघाटनमा लैजानका लागि समेत बजेट बिनियोजन गरेको छ।

त्यस्तैगरि सहकारीले आफ्ना उत्कृष्ट सदस्यहरुलाई साधारणसभाको अवसरमा सम्मानीत समेत गरेको थियो। उक्त सहकारीले आफ्ना दिवंगत सदस्यहरुको परिवारका सदस्यहरुको दु:खमा परेको अवस्थामा उनीहरुको घरदैलो मै पुगी समबेदना दिने कार्यको सबैले मन्तव्य राख्ने क्रममा प्रसंसनीय कार्यका रूपमा लिए ।

सहकारीले बिगतका बर्षहरुमा झै यो बर्ष पनि संस्थाले आफ्नै मौलिक तस्वीर समेटिएकाे भित्तेपात्रोको प्रकाशन गरी आफ्ना सदस्यहरुलाई नि:शुल्क वितरण गर्ने कार्यलाई निरंतरता दिदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस