दारबोट-अस्थाई ट्राफिक प्रहरी पोष्ट दारबोट रोल्पाले नागरिकका शुरक्षित यात्राका लागि ब्यापक रुपमा सचेतना कार्यक्रमलाई जोड दिएको छ।
घोराही-होलेरी शहिदमार्ग अन्तर्गत रोल्पा नगरपालिकाको दारबोट घर्तीगाउँ,थवाङ हुँदै रुकुम पुर्व र अर्को मार्ग रोल्पा सदरमुकाम लिबाङ पुग्ने संगम स्थल हो।
दारबोट दुई लामा सडकहरु जोडिने र छुटिने दोबाटो पनि हो।अस्थाई ट्राफिक पोष्ट दारबोटका ट्राफिक प्रहरी सहायक हवल्दार धरम बस्नेत सहकर्मी प्रहरी टोलिसहित दिनभर सडकमा ब्यस्त रहन्छन्।
नागरिकका शुरक्षित यात्राका लागि उनले शहिदमार्ग भएर आवतजावत गर्ने सवारीहरु रोकेर सवारी चालक,सह चालक र यात्रुहरुसंग केहि मिनेट समय मागेर शुरक्षित यात्राका लागि सचेत गराउँदै आएका छन्।
उनले सवारीको गति,यात्रुसंग सभ्य व्यबहार र सिटमा मात्रै बस्नका लागि अनुरोध गर्छन्।
आफ्नो कार्यक्षेत्रको सडकसम्म समयसमयमा छड्के चेकिङमा पुगेर सवारीको निरिक्षण गर्ने गरेको उनि बताउँछन्।
भिडियो