ताजा अपडेट

VPN के हो?यसको प्रयोग गरेर सामाजिक सञ्जाल चलाउने शुरक्षा कि जोखिम?

काठमाडौं- पछिल्लो समय सरकारले सामाजिक सञ्जाल टिकटकमा नियन्त्रण गरेपछि VPN प्रयोग गरेर Tiktok लाई सञ्चालन गर्न सकिने बारे सामाजिक सञ्जालहरुमा छरप्रष्ट देख्न सकिन्छ।तर कुनै पनि एप प्रयोग गर्नु अघि स्वयंको शुरक्षाका लागि त्यसबारे जानकारी लिनु जरुरी हुन्छ।

Virtual Pravate Network अर्थात VPN विशेषत: हामिले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबिच ईन्टरनेटको शुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो।

VPN ले बिभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवअर,माल्वेअरहरुलाई बाटो दिन सक्छन्।त्यसो हुँदा हाम्रा उपकरणमा भएका अन्य विवरण जोखिममा पर्ने खतरा हुनसक्छ।

VPN प्रयोग गरिएका अन्य सामाजिक सञ्जालका खाताहरु र बैंकिङ सूचनाहरु चोरी हुने खतरा हुन्छन्।ह्याकरहरु इन्क्रिप्ट गरेर बिभिन्न माध्यमबाट माल्वेअरहरु पठाउँछन् र त्यसलाई क्लिक गर्ना बित्तिकै हाम्रा सूचनाहरु चोरी हुन्छन्।

VPN को प्रयोगबाट हुने साइबर अपराधको अनुसन्धान जटिल हुने हुनाले आफ्नो तर्फबाट साइबर शुरक्षाको पुर्ण ख्याल गर्न नेपाल प्रहरीले समेत सतर्कताका लागि आग्रह गरि सकेको छ।

प्रतिक्रिया दिनुहोस