ताजा अपडेट

AP1 ले दुर्गा प्रसाईँको कार्यक्रम प्रसारण गर्न नदिएको प्रस्तोता भूषण दाहालको आरोप

काठमाडौँ- टेलिभिजन सञ्चारकर्मी भूषण दाहालले व्यवसायी दुर्गा प्रसाईँसंग तयार पारेको अन्तर्वार्ता एपीवान टेलिभिजनले प्रसारण गर्न नदिको आरोप लगाएका छन्।

प्रसाईंसंगको टेलिभिजन कार्यक्रम सुन्दै नसुनी प्रसारण गर्न नदिएको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जालमा जानकारी गराउँदै सञ्चारकर्मी दाहालले आफूले लिएको व्यवसायी दुर्गा प्रसाईँको अन्तर्वार्ता टेलिभिजन व्यवस्थापनले सुन्दै नसुनी प्रसारण गर्न नदिएको कुरा सार्वजनिक गरेका हुन्।

सञ्चारकर्मी दाहालले लेखेका छन्

उनले ट्विट गरेका छन्- वाह! लोकतत्र ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।

भूषण दाहालले एपीवान टेलिभिजनमा ब्राभो डेल्टा सो चलाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस