जबाङ – रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ३ जबाङ डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या उत्पन्न हुँदा मसिना,जुर,जबाङ लगायत रोल्पा,दाङ र प्युठानका सिमा क्षेत्र अन्तर्गत विभिन्न स्थानका सेवाग्राहीहरु बिगत १६ दिन देखि नेटवर्क विहिन बनिरहेका छन्।
स्थानियहरुलाई सञ्चारमा कठिनाई आएको छ।यहि भदौ १४ गते देखि नेपाल टेलिकमको नेटवर्क हराएको थियो।त्यस यता नेपाल टेलिकम तुल्सीपुरले मर्मतमा विलम्ब गर्दै आएको छ।सञ्चार विकासको पुर्वाधार मध्येको एक प्रमुख पुर्वाधार हो।सूचना र प्रबिधिको आजको युगमा १६ दिनसम्म सञ्चार विहिन बनाइनु सम्बन्धित निकायले लापरबाही गरेको देखिन्छ।स्थानीय जनप्रतिनिधिहरु पनि समस्याका बिषयमा गम्भीर बनेको देखिन्न।
नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले मसिनाको टावरमा चट्याङ परेकाले नेटवर्कमा समस्या उत्पन्न भएकाले नयाँ मिटरबक्स जडान भैरहेको जनाएका छन्।उनले आइतबार प्राबिधिकहरुले मिटरबक्स जडान गरिरहेको जानकारी दिएका छन्।प्राबिधिक कारणले मर्मतमा ढिला शुस्ती भएको बताउँदै उनले सोमबार देखि नेटवर्क पुनः सञ्चालनमा आउँने बताएका छन्।तस्वीर: प्रेम विवश घर्ती
लेखक खगेन्द्र पुन होलेरी खबर संवाददाता हुनुहुन्छ।