ताजा अपडेट

आरती साह मृत्यु प्रकरण: धनुषाका एसपी खड्का हेडक्वार्टर तानिए

काठमाडौं– जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ। गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई सोमबार जिम्मेबारीबाट हटाएको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका सञ्चार सल्लाहाकार कमल गिरीले एसपी खड्कालाई धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाइएको बताए। एसपी खड्कालाई जिम्मेवारीबाट हटाउनुमा आरती साहको मृत्यु घटना जोडिएको छ।

लामो समयदेखि माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो।

प्रतिक्रिया दिनुहोस