ताजा अपडेट

रेशम चौधरीको अन्तिम सुनवाइ कार्तिक २३ गते हुने

काठमाडौं– सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ । सर्वोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कार्तिक २३ गते हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस