ताजा अपडेट

रोल्पा हुँदा मन-मनमा बसेका इन्स्पेक्टर शंकर खड्का सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट अफिसर घोषित

रोल्पा- सुदुरपश्चिम प्रदेश प्रहरीले ईलाका प्रहरी लम्कि कैलालीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्कालाई उत्कृष्ट प्रहरी अधिकृत(अफिसर)घोषणा गरेको छ।

असाह्य एवं असक्त जेष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गर्दै

देशका बिभिन्न ठाउँमा सेवा गर्दै प्रहरी निरीक्षक खड्का १८ महिना रोल्पामा पनि कार्यरत रहेका थिए।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ताका जिम्मेवारी सम्हालेका इन्स्पेकटर खड्का ईलाका प्रहरी कार्यालय घर्तीगाउँ र ईलाका प्रहरी कार्यालय होलेरी प्रमुखका रुपमा करिव १ बर्षको जिम्मेवारी सम्हालेका थिए।

विद्यार्थीहरुलाई सचेतना कार्यक्रम

रोल्पा कार्यारत हुँदा उनकै नेतृत्वमा लागु औषध बरामद,घरदैलो कार्यक्रम,लागु औषध दुर्व्यसनी,ओसारपसार,बाल बिबाह नियन्त्रण,लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमले तिब्रता पाएको थियो।

लागु पदार्थ दुर्व्यसनी न्युनिकरण कार्यक्रम

यसका शाथै विद्यालयमा पुगेर विद्यार्थीहरुलाई सचेतना गराउने देखि मैत्रीपुर्ण सवारीको मापदण्ड कार्यान्वयन,`यात्रुसंग एक मिनेट´जस्ता सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी ढंगबाट सञ्चालन गराएका थिए।कतिपय जेष्ठ नागरिक र दुखी,पीडितहरुलाई समेत उनले ब्यक्तिगत रुपमा सक्दो सहयोग गरेका थिए।प्रहरी निरीक्षक खड्का हाल कार्यरत स्थान ईलाका प्रहरी कार्यालय लम्किमा कार्यरत रहदा पनि समाजमा शान्ति,शुरक्षा तथा अमनचयन कायम गर्न उल्लेखनीय रुपमा भुमिका निर्वाह गरिरहेका छन्।

कार्यालय समयमा ल्याइएको तस्वीर

यसैबिच उनलाई विभागीय मूल्य मान्यता,आदेश निर्देशनको पालना गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष तथा अव्बल क्षमता प्रदर्शन गरेकाले सुदुर पश्चिम् प्रदेश प्रहरी कार्यलय धनगढीले उत्कृष्ट प्रहरी अफिसरका रुपमा सम्मानित गरेको हो।

बाल बिबाह नियन्त्रण तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण

प्रतिक्रिया दिनुहोस