काठमाडौं- नेप्से निरन्तर घट्दै गएको छ।बिहीवार पनि थप घटेको छ। सोमबारदेखि घटेको सेयर बजारले यस दिन पनि निरन्तर पाएको हो।
बिहीबार नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७१ वटा धितोपत्रको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार एनआइसी एशिया फेक्सी क्याप फण्डको इकाइमूल्य सर्वाधिक ७.३९ प्रतिशतले बढेको छ।
उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ ०१ पैसा पुगेको छ।
यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ५.९० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८२६ रुपैयाँ कायम भएको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्त लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ८.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३६ रुपैयाँमा सीमित भएको छ।
यस्तै, प्रोगेशिभ फाइनान्सको सेयरमूल्य ४.९८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३७ हजार रुपैयाँमा झरेको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६१५ रुपैयाँमा १० करोड ५७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७८ रुपैयाँमा ८ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले घटेको छ। यस्तै वित्त समूहको परिसूचक २.२३ प्रतिशतले घटेको छ।