काठमाडौं- फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानको सबैभन्दा अग्लो हिमाल केटूको सफल आरोहण गरेकी छन् ।
विश्वका ८ हजार मिटरमाथिका अग्ला हिमालको सफल आरोहण गर्ने अभियानमा लागेको श्रेष्ठले केटूको सफल आरोहण गरेकी हुन् ।
केटू विश्वकै दोस्रो सबैभन्दा अग्लो हिमाल हो।जसको उचाइ ८ हजार ६ सय ११ मिटर रहेको छ।
पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन्।
यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि गत जेठ २४ गते पाकिस्तान गएकी थिइन्।