ताजा अपडेट

प्यानसम्बन्धी नीति परिर्वतन गरिने, सीमाभन्दा बढी कर्जा लिनेले स्थायी लेखा नम्बर लिनुपर्ने 

काठमाडौं- नेपाल राष्ट्र बैंकले स्थायी लेखा नम्बर (प्यान) सम्बन्धी नीतिलाई परिवर्तन गर्ने घोषणा गरेको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गर्न लागेको हो। 

राष्ट्र बैंकले वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गर्न लागेको हो। 

यसअघि प्यान नम्बरकै आधारमा पनि कामलाई बजेटले गरेको व्यवस्थामा टेकेर मौद्रिक नीतिले निश्चितभन्दा बढी कर्जा लिनेहरुको हकमा यस्तो व्यवस्था गर्न लागिएको हो। 

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले जारी गरेको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गरिनेछ, ’ मौद्रिक नीतिमा भनिएको छ, ‘निश्चित सीमाभन्दा बढी कर्ज/सुविधा उपयोग गर्ने ऋणीहरुको अनिवार्य रुपमा स्थायी लेखा नम्बर हुनुपर्नेछ।’उक्त सीमाभन्दा तल भएमा भने प्यानमार्फत गर्न सकिने मौद्रिक नीतिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस