ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

प्युठानको सरुमारानी गाउँपालिकामा तीन बर्षदेखि बेरुजु शुन्य,अध्यक्षका यस्ता छन सुझाव

सरुमारानी-प्युठानको सरुमारानी गाउँपालिकाले पछिल्ला तीन बर्षसम्म बेरुजु शुन्य बनाउन सफल भएको छ ।

देशभरका अधिकांश स्थानीय सरकारमा बेरुजु घटाउनु ठूलो चुनौतीको विषय बनिरहेका बेला सरुमारानी गाउँपालिका अहिले सबैका लागि उदाहरणीय बनेको छ । कतिपय स्थानीय जनप्रतिनिधिहरुले बेरुजु कम गराउने उपायहरुका बारेमा सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मासँग सल्लाह समेत लिने गरेका छन् ।

उनले प्रभावकारी समन्वय गर्ने, सरोकारवालाहरुलाई जिम्मेवार बनाउने तर हस्तक्षेप नगर्ने नीतिका कारण बेरुजु शुन्य बनाउन संभव भएको अनुभव पालिका वहसमा सुनाए।

छुट्याउने बेलामा पर्याप्त विश्लेषण र अध्ययन गरी परिवक्व भएर मात्रै छुट्याएपछि बेरुजु स्वतः कम हुने बताए । आफूले सञ्चालन गरेको छोरी पेवा बचत कार्यक्रमबाट छोरीहरुमा आत्मसम्मान र आत्मविश्वास बढेको दावी गरे ।

उनले गाउँपालिकामा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधानका लागि ठूलो परियोजना ल्याएर एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिले २६ सय घरधुरीले पानी खान पाएको जानकारी दिए ।

सार्वजनिक यातायातले विद्यार्थीहरुलाई बोक्न नमान्दा विद्यार्थीहरुले अनुनय, विनय गर्नुपर्ने दृश्यदेखेर आफूले सार्वजनिक विद्यालयहरुका लागि वसको व्यवस्था गरेको उनको भनाई छ । सामुदायिक विद्यालयमा बसको व्यवस्था गरिदिएपछि विद्यार्थी र अभिभावकहरुलाई धेरै राहत भएको उनले दाबी गरे।

किसानसँग गाउँ सरकार पनि उत्तिकै प्रभावकारी भई गाउँमा उत्पादन र आम्दानीको मात्रा बढेको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस