रोल्पा- रोल्पा जिल्ला प्राकृतिक,धार्मिक एवं ऐतिहासिक महत्व बोकेको पर्यटकिय जिल्ला हो।हिमाल अग्ला पहाड र चारैतिर प्राकृतिक हरियालीले सजिएको रोल्पामा कुनै सार्वजनिक कार्यक्रम आयोजना हुँदा होस् वा मेला महत्सोवमा
“सुन्दर रोल्पा समृद्ध रोल्पा पौरखी जनताको गतिशील रोल्पा” बोलको अत्यन्त सुमधुर गीत बजाउने गरिन्छ।
रोल्पाको जलजला हिमाल,माडी खोला लगाएतका विभिन्न प्राकृतिक सम्पदा सहित जोडेर गायन गरिएको यस गीत सुन्दा जन्मभुमि रोल्पा प्रति जो सुकै लाई पनि मनमा थप माया र सम्मान जगाई दिन्छ।गीतमा रोल्पाको वास्तविक परिचय र यसको महत्व झल्काईएको छ भने रोल्पाका स्थानीयहरु पौरखी छन् भन्ने विशेषता देशभर गीत मार्फत झल्काइएको छ।नयाँ पुस्ताका कतिपयलाई हरेक कार्यक्रममा गुन्जिने यस गीत कसले गाएका हुन्?भन्ने जिज्ञासा पनि लाग्न सक्छ।यस गीतका गाएक हुन् शिसिर योगी।
शिसिर योगी´नेपाली सांगितिक क्षेत्रको सदबहार नाम हो।नेपाली गीतसंगीतका पर्यायका रुपमा यो नाम सधै रहिरहेको छ।उनै गाएक योगीले गाएका आमा बोलका गीतहरू,देशभक्ती गीतहरू तथा सुगम संगितहरु नेपाली सांगितिक बजार तथा श्रोताका मनमस्तिष्कमा छन्।उनै सदाबहार गाएक योगीले गाएका "आमा यो देशमा म एउटा मानिस खोजिरहे छु"गाउँमा कोहि छैन बोलको गीतहरुले
आजपनि मानिसहरुलाई क्षणभरमै भावुक बनाईदिन्छन।
गाएक योगीले सुन्दर रोल्पा समृद्ध रोल्पा बोलको गीत २०७०/०७२ शाल तिर गाएको होलेरी खबरसंगको कुराकानीमा बताए।गाएक योगी भन्छन् म बचपनमा एकपटक रोल्पा पुगेको छु।रोल्पा प्राकृतिक सुन्दरताले भरिभराउ अग्ला पहाड र त्यहाँका इमान्दार मानिसहरू देख्दा रोल्पा जिल्ला त्यति बेलै मेरो हृदयमा बसेको थियो।पछि सर्जक तथा साहित्यकार रमेश क्षितिज ज्यु ले रोल्पाको बारेमा आफूले गीत लेखेकोले यसमा संगित भरेर गाईदिन अनुरोध गर्नु भयो।शव्दहरु हेरे ठ्याक्कै मेरो हृदयमा बसेको रोल्पासंग मेल खायो।त्यसपछि मेरो संगित तथा मेरै स्वरमा उक्त गीत रेकर्ड गरेर बजारमा ल्यायौँ।मैले जीवनकालमा आजसम्म अनगिन्ती गीतहरु गाएको छु।तर सुन्दर रोल्पा बोलको गीत जतिपटक दोहोर्याएर सुने पनि सुनै सुनै लाग्छ।रोल्पाको समग्र बस्तुस्थिति र दैनिकी समेटिएको यस गीत गाउँन पाउँदा आफैले आफैलाई भाग्यमानी ठान्दछु।तर ब्यस्तताका कारण पुनः रोल्पा फर्केर जाने मौका पाएको छैन।एकपटक पुग्छु -गाएक योगीले भने।रोल्पाकै बारेमा अन्य गीतहरु पनि गाउँने उनको ईच्छा रहेको गाएक योगीले बताए।
रोल्पाले सम्झिएन गाएक योगीलाई
गीतसंगीत भित्र आफ्नै किसिमको शक्ति हुन्छ।गीत संगीतले हाम्रो मौलिकता तथा संस्कृतिलाई झल्काई दिन्छ।त्यति मात्र नभएर गीतसंगीतले राष्ट्र र राष्ट्रियताका लागि जिम्मेवारी बोध गराउन सक्दछ भने खवरदारी समेत गर्दछ।नेपालमा प्रजातन्त्र ल्याउने बेला पनि गीतसंगितहरुको महत्त्वपूर्ण भुमिका देखिन्छ।गीत संगीतका भावहरुले जस्तोसुकै मानिसलाई पनि एकैछिनमा भावुक बनाईदिन सक्दछ भने निदाएर बसेकाहरूलाई जगाउन पनि सक्दछन्।त्यस्तै दश बर्षे माओवादी जनयुद्धको उद्गम स्थल रोल्पा जिल्ला नै थियो।द्वन्द ताका रोल्पालाई देशले हेर्ने नजरिया निकै फरक थियो।शान्ति सम्झौता पछि पनि रोल्पाका मानिसहरू भनेपछि अन्य ठाउँका मानिसहरुले बनाउने धारणा र हेर्ने दृष्टिकोण अलग थियो।बाहिरका मानिसहरु रोल्पा घुम्न आउँनलाई ठुलै हिम्मत गरेर आउँने गर्दथे।
यद्यपि बाहिरबाट सोचिने रोल्पा र वास्तविक रोल्पा विच निकै फरक थियो।रोल्पा प्रकृतिले जति सुसज्जित छ रोल्पाका जनताहरुको मनप नि त्यस्तै इमानदारीताले भरिएको थियो।तर बाहिर भने रोल्पाबारे भ्रम र संदेश फरक थियो।यही बिचमा कालजयी गाएक शिसिर योगीले गाएको सुन्दर रोल्पा बोलको अत्यन्त सुमधुर गीतले देशभर रोल्पा र रोल्पाका जनताहरुको वास्तविकताको संदेश प्रवाह गरेको थियो।यस गीतले मानिसहरुको मनमनमा रोल्पा सुन्दर छ र रोल्पालीहरु पौरखी तथा इमानदार र सवाभिमानी छन् भन्ने यथार्थ विशेषता गीतका माध्यमबाट देशभर सञ्चारित भएपछि रोल्पामा पर्यटकहरुको चहलपहल बढ्न थाल्यो।
मानिसहरुको मनमनमा रोल्पाको वास्तविक प्रभाव पर्यो।र रोल्पा जिल्लामा यस गीत सुन्नेहरुलाई मातृभुमि प्रति सम्मान तथा उर्जा मिल्ने गर्दछ।दु:खको कुरो योगीले सुन्दर रोल्पा बोलको गीत गाएको करिब ८ बर्ष बितिसक्दा रोल्पामा थुप्रै सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भैसकेका छन्।हरेक कार्यक्रमहरुमा गाएक योगीको स्वरमा रहेको रोल्पा र रोल्पालीका लागि अत्यन्तै महत्वपूर्ण रहेको यस गीत बजाउने गरिन्छ।तर गायक योगीको सम्मानका लागि भने आजसम्म रोल्पामा कलाकारका रुपमा निमन्त्रणा गरिएको छैन।गाएक योगीले यस बिषयमा भने आफ्नो कुनै गुनासो नभएको तथा पुनः रोल्पा रोल्पाका जनताका सम्मान स्वरुप अन्य गीतहरु गाउँने योजना रहेको बताएका छन्।
गाएक शिसिर योगिसंग गरिएको विशेष कुराकानि भिडियोमा हेर्नुहोस्