होलेरी- रोल्पाको होलेरीमा पाँचौ होलेरी बृहत साँस्कृतिक तथा ब्यापार महोत्सव लाग्ने भएको छ ।
मुरुल्ले म्यागेजिनगढी पर्यटन विकास समितिको आयोजनामा यहि असार ६ गते महोत्सवको उद्घाटन हुने भएको छ । महोत्सवमा राष्ट्रियस्तरका विभिन्न ख्याति प्राप्त कलाकारका शाथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सव संयोजक विरेन्द्र घर्तीले जानकारी दिएका छन् ।