काठमाडौं- चिर्चित गायक गायीका दिनेश श्रेष्ठ र रचना रिमालको आवाजमा रहेको लौननी बोलको गीत रिलिज भएको छ।
चर्चित गायक दिनेश र रचनाको स्वरमा लौननी बोल्को गित सार्वजनिक भएको हो ।
गीतमा रुपेश दानीको शब्द रहेको छ भने, संगीत गायक दिनेश श्रेष्ठको रहेको छ ।भिडियोमा रुपेश दानी क्षेत्री र चर्चित मोडल करिश्मा ढकालको अभिनय रहेको छ ।
विनोद बमले सम्पादन गरेको भिडियोलाई मुकेश हुमागाइले खिचेका हुन्। यो भिडियोलाई अमन रानाले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियो छायाँकन काठमाण्डौंको तार्केश्वर नगरपालिका विभिन्न स्थानमा गरिएको छ । उक्त भिडियो दिनेश श्रेष्ठको युटुब च्यानलमा रिलिज गरिएको निमार्ण पक्षले जानकारी दिएको छ ।
उच्च प्रविधिको क्यामरा र उपकरण सहित भिडियो छायाकन गरिएको लोक भाका समेत रहेको छ ।नेपालकै लोक भाका भएकै कारण पनि दर्शक माझ उत्कृष्ट र सर्वप्रिय हुने गायक रचना र दिनेशले विश्वास व्यक्त गरे । दिनेशका बरै, उलुलु,गैरी पिपल,सुपर गाडी,रानी हजुर,ए प्रदेशी लगायत दजनौ गित लोक प्रिय छन् ।