ताजा अपडेट

माओबादी जनयुद्वको २०५२ साल फागुन १ लाई सम्झिदा…

“गुमाउनका लागि एउटा हत्कडि र नेल अनि पाउनका लागि सिङ्गाे संसार”याे हाे माओवादी आदर्श र समसमायिक नारा अथवा घाेषित राज्यलाई चुनाैति।


२०५२ फागुन १ का दिन रुकुमकाे राडि चाैकि,राेल्पाकाे हाेलेरी चाैकि,र रामेछापकाे बेथान प्रहरी चाैकिमा एकसाथ,एकरात सामन्ती-सुदखाेर माथीकाे हमला अनि महान जनयुद्वकाे शंखघाेष भएकाे दिन थियाे।सामान्य कटास र घुङ्घारुकाे लाठि,खुकुरी र भरुवा बन्दुकबाट शुरु भएकाे जनयुद्व साँच्चिकै अर्थमा जनताकाे मुक्ति युद्वकाे रुपमा छाेटै समयमा अपार सफलताका साथ सम्पन्न भएकाे हाे।दिर्घकालिन जनयुद्वकाे रणनिति अनुरुप”गाऊँबाट शहर घेर्ने”याेजनाका साथ किसान,मजदुर,बिधार्थि र शिक्षकहरु मार्फत बिद्राेह गरेर गाऊँ-गाऊँमा सामन्त,जालि फटाहा र सुदखाेरहरुका बिरुद्व एउटा सशक्त र सशस्त्र संगठित बिद्राेह गरेकाे ईतिहाँस थियाे १० वर्षे जनयुद्व।

समाजमा अर्कै थियाे”हाम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ”भन्ने साेलाेगण (नारा) जनता वा आम सर्वसाधारणहरु माझ दिएर एकतन्त्रिय शासन व्यवस्था कायम राखेका राजाले प्रजा-रैतिलाई भनेर एक मात्र (सुचना संचार) रेडियाे नेपाल र नेपाल टेलिभिजनबाट एकलाैटी राजकिय बखान सुनेकाे भर्खरै जस्तो लाग्छ।राजपरिवारकाे जन्मदिन,बिवाह-बर्तबन्ध र राजकिय भ्रमण जस्ता प्रचार उत्सव नै हाम्रा वाक स्वतन्त्रताका श्राेत थिए।स्कुलमा सरस्वति स्तुतिगान र स्वस्थानि हिन्दु भजनकृतन र तिज-पञ्चमिमा दिदिबहिनिहरुकाे बिलाैना गित बाहेक अन्य माैलिक साँस्कृतिक प्रचलन नचलाईएकाे हाम्राे पछाैटे समाजमा,जातिय भेदभाव देखि लैङ्गिक विभेद यति जर्जर थियाे कि अहिले पनि सहि नसक्नुका दुष्परिणाम छन् भने गुपचुपका घटना र नाईके ठालुका न्याए नजिरमा कयौ बिभेदपुर्ण काण्ड पंञ्चाैलिमा मिलाईए। पंञ्चायतकालका पञ्च र पञ्चाैलि खानु पर्छ भन्ने मान्यता अझै पनि गाऊँघरमा यदाकता चलेकाे देखिन्छ।गाऊँघरका कचहरि र प्रधान-मुखियाहरुकाे आगमनका साथ आँखाको ईसारामा न्याए दिने चलन सामान्य थियाे।राजा त ती बडाराजा,शासन चलाउने काठमाण्डौ राजाकाे अर्कै हैकम छदै थियाे र गाऊँले राजाकाे रवाफ,दवाफ र शासन त झन खफि नसक्नु कै थियाे।भनी साध्य र गन्ति गरि साध्य छैन।कठै!!त्यो युग!!

शाहि परिवार अर्थात Royal familey। अहिले पनि नाम सुन्दा झसङ्ग मन हुन्छ,राेएल फेमिलि,राेएल आर्मि,राेएल यातायात,राेएल हाेटेल,राेएल वायु सेवा,राेयल निकुञ्ज आदि,ईत्यादी बाफरे अहिले नि कता-कता देख्न पाईन्छ।हुकम र पर्मादेश अनि बक्सियाेस् शव्दहरु उतिवेला अचाक्लि लाेकप्रिय शब्द हुन,उनै राजाका प्रधान,मुखिया,काजि,डिठ्ठा र घाटपुरा,कट्टवालेले चलाएकाे समाज अथवा देश थियो नेपाल।जब कट्टवालेले फर्मान जारी गर्थे गाऊँका सबै गाऊँले भेला भएर गाऊँले राजाकाे आदेश के छ?राजाका साउने खेत स्याहार्नु पर्ने हाे कि?या त भदाैरे पाखाेबारी काेदाे गाेडमेल गर्नुपर्ने हाे।कट्टुवालेले बिगुल फुकेपछि संन्नाटामय गाऊँमा प्रजाहरुकाे कानेखुशि हुन थाल्थ्याे।राजाहरुकाे अन्नवाली,आफ्नाे काेदाेमेलाे सार्नु भनेकाे छाेटे राजाहरुकाे बर्खिलाव झै फाैजदारी दण्डनिय काम हुन्थ्याे उसवेला।हुन त मनाङ्ग मुस्ताङबाट कालाे सिमि र जुम्लि धानकाे भात लगायत देशभरबाट काठमाण्डौमा राशन पुर्याउने र शासन चलाउने सास्ति गाउँले राजाकाे पनि चानचुने चुनाैति थिएन।शाेषन,उत्पिडन र अत्यन्तै मारमा थिए उनै प्रजा रैति अथवा निरीह जनता।

जब बहुदलिय र निर्दलिय व्यवस्थाकाे संघर्ष बिचबाट”संबैधानिक राजतन्त्र,बहुदलिय प्रजातन्त्र”हुदै काँग्रेश र एमाले तत्कालिन संसदवादी दलका अगुवा पार्टीहरु हुन्। त्यस मध्ये नाईके पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नै थियाे।त्याे संसदबादी पार्टीका प्रभावशालि पात्र नेताहरु थिए रेडियाे नेपालमा चर्चित नाम आईरहने शेर ब. देउवा,लाेकेन्द्र ब. चन्द,सुर्य बहादुर थापा।संबैधानिक राजतन्त्रमा कबुलियत के थियाे भने बहुदलिय व्यवस्था मानिदिनुपर्ने,राजाकाे हुकुम बमाेजिम रुचाईएका प्रधानमन्त्री र अन्य मन्त्री बन्नु पर्ने साशन-प्रशासन राजाकै चल्ने तर जनताकाे एजेण्ट भएर दलका प्रतिनिधि पार्टी ले काम गरिदिनु नै यसकाे मुल उदेश्य थियाे।संबैधानिक राजा र बहुदलिय प्रजातन्त्रकाे नामधारी प्रक्रियाले जनतालाई कुनै सकारात्मक संन्देश प्रवाह गर्न सकेन,बरु जनयुद्वकाे पुर्वारार्धमा र राजकिय शाषणकाे उत्तारार्धमा जनबिद्राेहकाे महाअभियान आरम्भ भयाे।


शुरु भयाे माओबादी जनयुद्व।किन?कहाँबाट?कहिले?कसरी?कस्ताे अवस्थामा छ त अहिले?पटक-पटक माओवादी इतिहासंग संम्वन्धित भएर सवाल-जवाफ समाजले खाेजिरहेकाे छ।माथि उल्लेखित तथ्य र पृष्ठभुमिबाट शुरुवात भई ग्रामिण बर्गसंघर्ष,सशस्त्र संघर्ष हुँदै हालसम्म एकात्मक राजतन्त्रकाे अन्त्य गरि गणतन्त्र स्थापना गर्ने भुमिकासम्म माओवादी राजनिति कै मुलधार र मुद्वामा देश चलिरहेकाे बिषय अवगत नै छ ।एउटा शसक्त क्रान्तिकारि पार्टि,नेतृत्व र सहि राजनैतिक कार्यदिशा हुदैनथ्याे त २४० वर्षे एकात्मक राजतन्त्रकाे अन्त्य संम्भव थिएन।जनताकाे क्रान्तिकारी पार्टि।जनमुक्ति सेना र जनउत्तरदायी सत्ता अभ्यास गरेर पुरानाे राज्य व्यवस्थालाई चुनाैति नदिएकाे भए अहिले संघिय लाेकतान्त्रिक गणतन्त्र व्यवस्थाको जन्म अंसम्भव थियाे।यसकारण राेल्पा,रुकुम र जाजरकाेट बाट शुरुवात भएकाे महान जनयुद्वले देशभर प्रभाव जमाउदै एकपछि अर्काे उचाई हाँसिल गरेकाे तथ्य हामी सामु घाम जत्तिकै छर्लङ्ग छ।

सत्य र तथ्य जतिसुकै ताेडमाेड गरे पनि परिवर्तनका निम्ति याेगदान गर्ने तमाम क्षेत्रहरु उत्पिडित बर्ग,जाति,लिङ्ग र उत्पिडित क्षेत्रहरु नै हुन्।इतिहाले याे बर्गलाई नै नेतृत्व प्रदान गरेर समानुपातिक,समावेशि,धर्म निरपेक्षता र संघियता काे मुल धारमा उभिएर संबिधान:त संम्वाेधन भएकाे छ।जनयुद्वबाट प्राप्त यि उपलब्धिहरुको रक्षा,प्रयाेग र बिकाश गर्नुपर्ने दायित्व अझै पनि माओवादीकाे काँधमा आएकाे छ।बिगतको बर्गसंघर्ष र हाल बदलिएकाे परिस्थिति(प्रबिधि र सुचना संचारमा भएकाे बिकाश र क्रान्ति)अनुसार नेतृत्व गर्नु वा निष्कर्षमा पुग्नु अर्काे थप कर्तव्य नै हाे।गरिव,निमुखा र मजदुर बर्गका मुद्वाहरु अझै पनि जहाँको त्यहि छन्,व्यवस्था बदलिएकाे छ तर जनताकाे अवस्था उस्तै छन्। किन?फेरि बहस चलेका छन्।जवाफ जरुर पनि छ।

संघियतालाई व्यवस्थित गरि राजनैतिक र प्रशासनिक ढंगले चलाउनु,समावेशिकाे आधारमा सबैकाे अपनत्व हुने गरि तीन तहका सत्ता संचालन गर्नु,जातजाति बिबिध धर्महरुकाे काम कर्तव्य बारेमा व्यवस्थापन गर्नु लगायतका राज्य पुन:संरचना भित्र संवैधानिक र कानुनि काम कार्यवाहि भएका छन्।राजनैतिक संक्रमणकालिन समयकाे एक चरण पार गरेर देशले सामाजिक समृद्विकाे चरणमा प्रवेश पाएकाे छ।यसबेला स्थानिय स्तर देखि प्रदेश हुँदै संघ सम्म निर्वाचित जनप्रतिनिधिले जनताकाे रायसल्लाह अनुसार भाैतिक पुर्वाधार का थुप्रै कामहरु अघि बढाएका छन तथापि उत्पादनशिल र जनजिविकाका सवालहरु संम्वाेधन हुन सकिरहेका छैनन्।प्रत्यक्ष जनजिवनलाई उत्पादनमा जाेडेर आयस्तर बढाउनु तत्कालिन आआवश्यकता बनिरहेकाे छ। अबका दिनमा यत्तिले मात्रै पुग्दैन,आगामि निर्वाचनमा जनताका बाकि मुद्वाहरुलाई पुरा गर्ने गरि चुनावि घाेषणा पत्रमा लेख्नका लागि लेख्ने एजेण्डा मात्रै हाेईन कि कार्यन्वयन गर्ने गरि स्वघाेषणाका साथ अघि बढ्न जरुरि छ।

जनयुद्व र जनआन्दाेलन का तमाम एजेन्डाहरुलाई पुरा गर्नु नै महान सहिद,घाईते र बेपत्ता योद्वाहरुहरु माथीकाे सम्मान हुनेछ।याे बाहेक राजनैतिक प्रतिनिधिका अगाडि अरु कर्तव्य गाैण पक्ष हुन्।अहिलेसम्म देश माओवादीकाे राजनैतिक याेजना र कार्यक्रममा हिडिरहेकाे संन्दर्भमा अन्य दल वा पार्टिले लिने कार्यदिशा भन्दा माओवादी पार्टिले लिने कार्यदिशा असाध्यै महत्वपुर्ण बनिरहेकाे छ।बिगत इतिहासका बिबिध कालखण्ड र बर्तमान अवस्थालाई नियालेर हेर्ने हाे भने कतिपय मुद्वामा अलिक विश्राम लिने पाे हाे कि?बर्ग छाेडेर संघर्ष छाेडेर संझाैता,समन्वयमा माओवादि पार्टिले धाेका पाउने हाे कि?यिनै चिन्ता र चासाेका बाबजुद माओवादी सहानुभुति नै समाजमा ब्याप्त छ।यस बिषयमा देखिने गरि जनसराेकार,जनचासाेमा नेतृत्व टिमबाट नै त्याग,समर्पण र निरन्तरता दिएर जनबिश्वास पैदा गरि आउँदा दिनहरुमा माओवादी पार्टीले लिने रणनिति र कार्यनिति सफल हुनेछ।फेरि पनि माओवादी एकता सुदृढ र व्यवस्थित हुनेछ।आशादित सर्वहारा वर्गीय बिचारहरु केन्द्रित बन्नेछन।समाजवादी कार्यदिशामा आदर्श र निष्ठावान नेताहरु जन्मिने छन् र निरन्तर क्रान्ति अघि बढ्नेछ।
वर्ग बिराेधिहरु बिभाजन हुनेछन्।राजा महाराजा बन्ने सपनाहरुले हार्नेछन्‌,एकात्मक शासन र दृष्टिकाेण राख्नेहरु भाग्नेछन् प्रतिगामि र पश्चगामिहरुकाे संगठन भत्कनेछ अन्तिममा तथ्य र सत्यताकाे बिजय अवश्य सम्भव हुनेछ अनि नेपालमा उत्कृष्ट संघिय लाेकतान्त्रिक गणतन्त्रकाे आयु अनन्तकाल रहनेछ।

(लेखक टक बहादुर घर्ति(मुनाल)जनयुद्वका एक चर्चित सैन्य कमाण्डर हुनुहुन्छ।

जनयुद्वमा एक सशस्त्र प्रहरीको अत्यासलाग्दो भोगाईहरु

प्रतिक्रिया दिनुहोस