ताजा अपडेट

माओबादीको आठौं महाधिवेशन भित्रका आठ दिनहरु।

पुष२७काठमाण्डौ-समय हेमन्त ऋतु(जाडाे याम)अर्थात माईनस जिराे डिग्रि चिसाे काठमाण्डौकाे मौसम थियाे।देशभरबाट माओबादी नेता-कार्यकर्ता प्रतिनिधि काठमाण्डौमा प्रवेश गर्ने अन्तिम दिन २०७८ पाैषकाे दश गत्ते थियाे।
कार्यक्रमस्थल प्रज्ञा भवन व्यग्र प्रतिक्षामा पर्खिरहेकाे थियाे,सामान्य सजावट,रङ्गिचङ्गि झण्डा ब्यानर र स्वागत द्वार।
केन्द्रीय कार्यालय पेरिसडाँडा पनि एउटा महत्वपुर्ण क्रान्तिकारी बिचार संन्देश दिन आतुर मन,मुटु र धड्कन चले झैं असामान्य वा असाधारण प्रवाहमा चलिरहेको थियाे।
खुमलटार अथवा प्रचण्ड निवास भनाै,कुनै शिर्षकमा शताब्दीको बिचार संश्लेषण र अध्ययन लेखनमा क्रान्ति नायक अध्यक्ष कमरेड प्रचण्ड जुटिरहनु भएकाे निजि सचिवालय मार्फत सन्चार माध्यममा जानकारी आईरहेकाे हुन्छ‌।
करिब पन्ध्र सय प्रतिनिधिकाे जमघटले चिसाे यामकाे काठमाण्डौ तातिदै थियाे।बिचार बहस र कार्यदिशाकाे व्यग्र आशादित प्रतिनिधिहरु अनाैपचारिक छलफल,भेटघाट र अनुमानित बहसमा सरिक हुदैं थियाै।धेरै समयकाे अन्तराल पछि पुरानाे साथीहरु बिचकाे भेटघाटले एउटा नविनतम अनुभूति र उत्साह थपिरहेकाे थियाे।


पाैष ११ गते माओ दिवश जन्मजयन्ति २६ डिसेम्वर १८९३ मा जन्मिनु भएका चिनियाँ क्रान्तिका महानायक कमरेड माओकाे जन्माेत्सव सँगै नेपालमा पनि ने.क.पा.(माओवादी केन्द्र)ले उहाँका बिचारधारा वा पथप्रर्दशक सिद्वान्तमा रहि आफ्नाे आठाै महाधिवेशन गर्न गईरहेकाे बिषय सर्वबिदितै छ।


माओकालिन समय र चिनियाँहरुले मात्रै हाेईन,संसारभरका मजदुर र अन्य आस्थावान,शुभचिन्तक,माओवादीहरुले माओदिवश मनाउने दिनकाे रुपमा परिचित छ पाैष ११।
जब व्यवस्थापन मुल आयाेजक समिति केन्द्रले प्रतिनिधि,स्वंयसेवक,संचारकर्मि, कलाकार र अथितिहरु काे व्यवस्थित बसाई र समय तालिका मिलाउदै थिए,त्याे दिन उद्वघाटन समाराेह शेषण झकास नै थियाे।


श्रमजिबि,गरिव,किसान र उत्पिडित अनि उपेक्षित बर्गकाे आशाकाे दस्तावेज हामी माझ आउन केही समय,घण्टा र मिनेटमा बदलिदै थियाे।त्याे प्रतिक्षाकाे क्षण नितान्तै कौतुहलता,जिज्ञासा र अनुमानले भरिपुर्णकाे समय क्षण नै थियाे हामी सबैका लागि। केन्द्रीय आयाेजक समिति ले मञ्च भरिदै गयाे,प्रज्ञा हल टनाटन छदै थियाे।भारी मन ओजपुर्ण गाैरवका साथ अध्यक्ष कमरेड प्रचण्ड जब मञ्चमा प्रवेश गर्नुभयाे,तालीकाे गडगडाहडले हल गुञ्जयमान भयाे,हुटिङ र सिटिले हलचल कम्पन नै पैदा गर्याे!उद्घोषक जनार्दन शर्मा ज्यु बाट स्वागत सहित सिङ्गाे प्रतिनिधि हललाई क्रान्तिकारी बिचार,रुपान्तरण र एकताकाे आठाैं महाधिवेशन बारेमा चर्चा गरिरहनु भयाे।जनताकाे वास्तविक पार्टी माओबादी केन्द्र ले गर्ने निर्णयप्रति राष्ट्रले मात्रै हाेईन,अन्तराष्ट्रीयको नै ध्यानकर्षण भएकाे बिषय प्रस्तुत गर्दै गर्दा अन्य अथिति सहित प्रधानमन्त्रि ज्युकाे आगमन भयाे।फेरि स्वागतका तालि बज्न थाले हलमा।फुलमाला र पुष्पगुच्छाले पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रि ज्यु र सबैलाई स्वागत गर्नुभयाे।फेरि पनि तालि र उत्साहकाे त्याे क्षण चलिरह्याे।


माओबादी केन्द्र बिगत,बर्तमानकाे गंभिर समीक्षामा उभिरहेकाे छ।समिक्षाकाे एउटै निष्कर्ष भविष्यमा यसले लिनुपर्ने निर्णयका बारेमा सबैकाे ध्यानाकर्षण भईरहेकाे तथ्य प्रष्ट नै छ।सबै शुभकामना दिने दलहरुकाे उपस्थिति र शुभकामनाले त्याे सन्दर्भ समेटिएकाे कुरा भनिरहन परेन।विशेष:त प्रधामन्त्रि ज्यु भन्दै हुनुहुन्थ्याे याे पार्टिले लिने निर्णय नै याे देशका लागि निर्णायक बन्नेवाला छ।इतिहास र आजकाे दिन सम्म अध्यक्ष कमरेड प्रचण्ड र याे पार्टी काे भुमिकाकाे खुलेरै प्रशंसा गर्नु भयाे‌।यथार्थ बिषय र तथ्य सार्वजनिक हुदै गर्दा तालिहरुका वर्षा परि नै रहे।साँगतिक गितद्वारा स्वागतका लहरहरु कलाकार एवं जनसाँस्कृतिक महासँघ मार्फत भई नै रहे।


अब बहुप्रतिक्षित बिचार,राजनीति र समग्र कम्युनिष्ट आन्दाेलनहरुकाे समिष्टिगत दस्तावेजकाे मुलभुत संन्देश सहित उद्वघाटन सत्रकाे शेषनमा अध्यक्ष कमरेड प्रचण्ड बाेल्ने क्रम:मा भन्नुहुन्छ:
१)सहि बिचार र कार्यदिशा निर्देशन गर्नु याे महाधिवेशनकाे उदेश्य हाे।नत याे कुनै कुम्भ मेला हो न त यो जात्रा हो।
२)नितिगत रुपमा नेतृत्वकाे केन्द्रिकरण,गतिशिल संगठनकाे परिचालन र बिधिवत सर्वाेच्चता कायम गर्नु हाे।
३)मालेमावादकाे रक्षा,प्रयाेग र विकास गर्दै युग सुहाँउदाे एक्काईसाै शताब्दीमा बिज्ञानकाे समायाेजन प्राथमिक्ता हाे।न त याे कुनै शास्त्र भट्टाउने र घण्टि हल्लाउने जादु हाे।याे हुन दिनुछैन।
४)हरेक सामाजिक अन्तरविराेध,मुख्यतया:धनी मुलुक र गरिव मुलुक,सर्वहारा बर्ग माथिकाे शाेषण अनि विभेद,साम्राज्यवादी भुमण्डलिकरण,पुजिवादकाे बित्तिय एकाधिकार संकटले संकिर्ण बनिरहेकाे समाजवाद बारेमा सरल ब्याख्या र चर्चा गर्नु भयाे।


समयले संन्ध्याकालिन चक्र पार गर्दै थियाे र पनि सम्माननिय प्रधानमन्त्री शेर ब. देउवादेखि नेकपा एमाले महासचिव शंकर पाेख्रेल,नेकपाएकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल,जनता समाजबादि पार्टिका अध्यक्ष उपेन्द्र यादव,राप्रपा महामन्त्री कुन्ति शाहि,नेकपा(क्रान्तिकारी माओवादि)सिपि गजुरेल,नेकपा मसालकि दुर्गा पाैडेल ,लोकतान्त्रिक समाजबादि पार्टिका अध्यक्ष लगायतका शुभकामना दिने क्रममा देशकाे एजेण्डा माओबादीमय बनेकाे तर नेतृत्व गर्न नसकिरहेकाे संन्दर्भमा अब यस आठाै महाधिवेशनबाट देशकाे नेतृत्व गर्नु पर्ने शुभकामना र सुभेच्छा मन्तव्यमा सबैले यथार्थपरक राखिदिनु भयाे।आजकाे उद्वघाटन शेषन समापन भयाे । समय तालिका काे जानकारी लिएर समस्त प्रतिनिधि समूह हाेटेल सेल्टरतिर लाग्याै‌।


रातपछि दिन र दिन आउन मिरमिरे बिहान आउँछ नै,त्याे बिहानकाे चिया गफ देखि पारिलाे हिउँदे घामसम्म चाैर हाेस या गल्लि जताततै माओवादी केन्द्रकै चर्चा चल्छ‌मलाई प्राय: केन्द्रीय स्तरका कार्यक्रममा सहभागि हुने अवसर मध्ये याे पटककाे आठाै महाधिवेशन विशेष रुपले भिन्न र नयाँपन लागिरहेकाे छ।किन ? किन? नयाँ उद्वेलन्ता पैदा भईरहेकाे छ।माैखिक पढेर सुनेकाे महाधिवेशन दस्तावेज अझै घाेत्लेर पढाै,पढाै लागिरहेको छ।
सम्पूर्ण मन अनि मस्तिष्कमा त्यहि शीर्षक रिल झै घुमिरहेकाे छ,” २१औ शताब्दीमा समाजवादकाे नेपाली बाटाे“यसकाे प्रयाेग,रक्षा र बिकाश कसरी गर्ने याेजनाहरु मनमा विकसित भैईरहेका छन्।


समयले बन्द सत्रकाे पाँचाै दिन टेकिरहेकाे थियाे।पच्चिस वटा समुहबाट प्रतिनिधित्व गर्ने कामरेडहरुले चर्काे रिपाेटिङ्ग गरिरहनु भएकाे थियाे।अब करिव संश्लेषण गर्ने पालाे अध्यक्ष कमरेड प्रचण्ड सामु थिए,जे हाेस जिज्ञासा,थुप्रै प्रश्न र समस्या समाधान बारेमा सुन्दर ढंगले सन्तुलित र केहि कार्यनैतिक रुपमा विषय करीब सवा दुई घण्टा अध्यक्ष प्रचण्ड कमरेडबाट राखिरहदा,प्रतिनिधि कमरेडहरुकाे मुहारमा नयाँ चमकहरु देखिन थाले,प्रशन्न मनहरु सँगै अन्तिममा गडगडाहट तालिले दस्तावेज पारित गर्याै।
देव गुरुङबाट प्रस्तुत बिधान ५०% समावेशि कलष्टरकाे अपनत्व हुने गरि महिला,दलित,मुस्लिम,युवा र जनजातिहरुकाे सहभागिताकाे बिधान पनि एकमुष्टरुपमा पारित गर्याै।संबिधानमा उल्लेखित अहिलेकाे संघियता र समावेशितालाई अक्षरंस प्रयाेग गर्ने दायित्व फेरि पनि माओबादी केन्द्र नै भएकाे संखघाेष सहित आठाै महाधिवेशनबाट जुझारु प्रतिवद्वता गर्यौ।
स्थायी समिति सदस्य कमरेड राम कार्किद्वारा प्रस्तुत”पुरक तथा केही नविनतम धारणाहरु”भनेर राख्दै गर्दा र सिसिएम कमरेड लेखनाथ न्याैपाने काे १० बुँदे सुझाव दस्तावेज भनेर आएकाे बारेमा कमरेड प्रचण्ड भन्नुहुन्छ,विविध काेणबाट आएका सबै बिचारहरुकाे सम्मान गर्दछु।
यसपटक सम्मेलन काे अन्तिम तयारी गरेर महाधिवेशन काे औपचारिकता कायम गर्नु त्यति सजिलाे थिएन।राजनैतिक,सांगठनिक र बैचारिक जवाफ हलका प्रतिनिधिहरु ले मागिरहेका बेला तत्काल व्यवस्थापकिय चुनाैति भने पक्कै थियाे त्यहि पनि केन्द्रीय व्यवस्थापन सचिवालयले विभिन्न तवरवाट पहलकदमि भने लिईरहेकाे थियाे।
बिधान र राजनैतिक प्रस्ताव एकमतले पारित भएपछि एकाएक राष्ट्रकाे माहाेल माओबादीमय भएकाे यथार्थ छ फेरि पनि यस बिचारकाे सहि प्रयाेग गर्ने विधि भनेकाे संगठनात्मक पद्वति नै हाे।केन्द्रीय संगठन निर्माण गर्नु त्यति सजिलाे थिएन,हरेक सुत्रहरुका बिच समायाेजन गरेर प्रतिनिधि कन्भेन्सन गर्ने साँगठनिक प्रस्ताव स्थायी कमिटिले निर्माण गरिरहेकाे थियो।केही समय र गृहकार्यका बाबजुद अध्यक्ष कमरेड प्रचण्डबाट सांगठनिक प्रस्ताव पेश भयाे,भगोल,क्षेत्रिय सन्तुलन,समावेसि र केही प्रतिशत मनाेनित गर्न सकिने गरि २९९ जनाकाे केन्द्रिय समिति नामवलि सहित राखेपछि नितिगत रुपमा पारित बिधान अनुसार अहिलेकाे समावेशितालाई पार्टिमा लागु गर्ने उदेश्य अनुरुप व्यापक छलफलका साथ गडगडाहड तालि ले हलबाट सांगठनिक प्रस्ताव पनि पारित गरियाे‌।


समाजवादकाे नेपाली बाटाे(ईन्जिनियरिङ्ग डिपिआर)करिब अन्तिम दिन थपेर आठाै दिन प्रवेशकाे याे समय बाहिर मिडियादेखि माओबादी आस्थावान आम-जनसमुदाय र संसारकै ध्यान आठाै महाधिवेशनकाे केन्द्र स्थान प्रज्ञा भवनतिर नै थियाे‌।माओबादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड काे राजनैतिक,बैचारिक र सांगठनिक प्रस्तावमाथि “एक काेण र हजार दृष्टिकाेण”लागिरहेकाे अनुभूति भईरहेकाे छ।
अझै पनि माओबादी केन्द्रकाे केन्द्रीय बैठक मार्फत पदाधिकारी टुङ्ग्याउन बाँकि थियाे।विविध प्राविधिक कारणले छुटफुट एकता मिलान गर्न केही कामहरु केन्द्रीय समिति र पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई अख्तियारी दिएर सिंगाे प्रतिनिधि हल अन्तिम समापन मा जाँदै थियाे।
तत्कालिन आठाै महाधिबेशन मार्फत राजनैतिक मुद्वाका प्रस्तावना स्थायि समिति सदस्य कमरेड गिरिराजमणि पाेख्रेलले बुदाँगत रुपमा प्रस्तुत गर्नुभयाे।पार्टीकाे स्पष्ट लाईन र दृष्टिकाेण यहि प्रस्तावनाले धेरै प्रष्ट पार्दछ।
अध्यक्ष मण्डल,निर्वाचन आयाेग र निर्वाचित सिङ्गाे केन्द्रीय समितिकाे निर्णय बमाेजिम औपचारिक रुपमा अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण वहादुर महराद्वारा आठाै माधिवेशनकाे आठाै दिन स्पष्ट राजनैतिक कार्यदिशा लिएर जनतामाझ जानुपर्ने संकल्पका साथ कार्यक्रम समापन गर्नुभयो।
अनि एकता र रुपान्तरण सहित जनतामा जाने प्रतिवद्वताका नाराहरु गुञ्जिन थाले।
ने.क.पा. (माओवादी केन्द्र) = जिन्दावाद,जिन्दावाद
वीर सहिदहरु = लालसलाम,लालसलाम
बेपत्ता याेद्वाहरुकाे = संम्झना गराै,संम्झना गराै
घाईते याेद्वाहरुकाे = सम्मान गराै,सम्मान गराै
समाजवादकाे नेपाली बाटाेमा= अघि बढाै,अघि बढाै

(लेखक टक बहादुर घर्ति(मुनाल)माओबादी केन्द्रको महाधिवेशन प्रतिनिधि एवं जनयुद्वका चर्चित सैन्य कमाण्डर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस