ताजा अपडेट

जनयुद्वकि एक आमाप्रति हार्दिक श्रदान्जलि!!

उहाँकि छाेरी अनिता बुढा (उषाकिरण) छापामार हुदाँ सुकिदहकाे जंगलमा तालिम गरिरहेकाे बेला २०५६ मंसिर २२ गत्ते भिडन्तमा देश र जनताकाे मुक्ति र परिवर्तनका खातिर जिवनकाे आहुति दिनु भयाे ! सबैजसाे हाेलटाईम्वर परिवार शुभाष ,मनिषा,शुष्मा र कान्छि पुष्पालगायत बुहारी र ज्वाईहरु समेतले याे पार्टिमा विभिन्न भुमिकामा रहेर याेगदान पुर्याउनु भएकाे छ।

मुनाल बाबु याे अन्तिम भेट हाे हाम्राे!!
निराश नहुनु आमा ! यत्तिमै शब्द राेकियाे!!याे संबाद नाताले मेराे साईलि सासुआमा अर्थात मगर नाता ले (माईजु) र मेराे चितवन क्यान्सर अस्पतालमा भेट हुदाँ यस्तै शब्द बिच हामी बिदाई भयाैं !
राेल्पा जिल्ला पाछावाङ्ग गाविस हाल परिवर्तन गाउपालिका रालेखाेला निवासि देवसरा बुढा (क.उजेलि)को घर अर्थात जनयुद्वको उद्वगमस्थल मानिने राेल्पाको चर्चित पोष्ट हो लालकिरण पाेष्ट !! दल ब.बुढा (क.लालकिरण) का नामले परिचित,पत्र आदान-प्रदान देखि जनमुक्ति सेनाका फर्मेशन आवत-जावत गर्ने ,नेतादेखि कार्यकर्ता काे व्यवस्थापन हुने खाना र नानाकाे केन्द्र भन्दा फरक नपर्ने ठाँम हाे लालकिरण पाेष्ट !
जनयुद्वदेखि शान्तिवार्ता र हालसम्म निरन्तर क्रान्तिमा समाहित बुढ्याैलि जाेडि क.लालकिरण र क.उजेलिकाे जाेडि, गाऊँ/घर र समाजमा अझै भराेसाकाे केन्द्र बनेर नाम झै लालकिरण र उज्यालो दिन कहिल्यै छाेड्नु भएन !! हाल परिवर्तन गाउपालिका वार्ड नं २ काे अध्यक्षकाे जिम्मेवारीमा हुनुहुन्छ दल ब. बुढा अर्थात लालकिरण मामा !!


भनिन्छ , “घरमा लाग्ने चुलि गारो ढुङ्गा भन्दा जगमा लगाउने ढुङ्गाकाे महत्व धेरै हुन्छ” भने झै राेल्पा माओवादी जनयुद्वकाे जग ढुङ्गा मध्ये त्यस्तै लालकिरण मामा जस्तैकाे क्रियाशीलताले नै इतिहास रच्ने काम भएकाे छ भन्दा अन्यथा हुदैन। त्यस्तै माथिल्लाे तहका नेताकाे बयान अरु बेला गर्दै गराैला! जनयुद्वमा निकै लोकप्रिय नामले परिचित उजेलि-लाकिरणले वडाबासिहरु काे संवृदिको यात्रा तय गर्ने काम जारी नै थियाे !


मेराे नाता जाेडिदाँ राेल्पाबाट सिक्ने,क्रान्तिकारी बन्ने अझ भनाै निकट नाता जाेडेर अझै धेरै सिक्न सक्ने वातावरण र हौसलाका बिच उहाँहरुकाे परिवारमा नाता जाेडिन पुग्याे २०५८ आश्विन १ गते राेल्पा राङ्काेट जुमाराङ्सिमा।

त्यतिबेला जनमुक्ति सेनाकाे सेक्सन कमाण्डिङ्काे जिम्मेवारी थियाे मेराे ! जाजरकाेट र राेल्पा (मुनाल र प्रभा) टाईटल नामले जाेडिन पुगेकाे हाम्राे जाेडि बिबाह देखि सन्तान स्याहार्न समेत उहाँ मामा-माईजुकाे अतुलनिय भुमिका रह्याे !!
अहिले सम्म पनि प्रेरणाकाे श्राेत र उर्जाकाे भारी उहाँहरुलाई देखे वा भेटे भने प्राप्त गर्ने गर्छु !
मानिसहरु अहिले अक्सर धेरै सफल र परिणामकाे कुरा गर्छन, याे पुँजिवादले यस्तै बिषय बहस बजारमा लिईरहेकाे छ,एक खालकाे हाेडबाजि तर उनै मामा र माईजु असल बन्ने कुरा सिकाउनु हुन्थ्याे असलताकाे पहिचानका कुरामा विशेष जाेड दिनु हुन्थ्याे !
उहाँकाइ छाेरी अनिता बुढा छापामार हुदाँ सुकिदहकाे जंगलमा तालिम गरिरहेकाे बेला २०५६ मंसिर २२ गत्ते भिडन्तमा देश र जनताकाे मुक्ति र परिवर्तनका खातिर जिवनकाे आहुति दिनु भयाे ! सबै जसाे हाेलटाईम्वर परिवार शुभाष , मनिषा , सुश्मा र कान्छि पुष्पा लगायत बुहारी र ज्वाईहरु समेत ले याे पार्टिमा विभिन्न भुमिकामा रहेर याेगदान पुर्याउनु भएकाे छ।
संघर्षकै दाैरानमा बिबिध आराेह/अबराेह का बावजुद पनि आज उनै परिवारकाे असल र कुशल अविभावक सबैकी प्यारी आमा अर्थात माईजु प्राणघातक क्यान्सर जस्ताे राेगले लामाे समय थलिनु भई राेग सँग जीवन-मरणकाे लडाँई लडिरहनु भएकाे थियाे ! भक्तपुर क्यान्सर हस्पिटल देखि सबै हस्पिटलकाे उपचार र औषधिले काम गर्न नसकेर स्वास्थमा निकै समस्या बन्दै गईरहेकाे थियाे !
कुनैदिन काे कुरा हाे ,अब अन्तिम अस्पताल भरतपुर चितवन मा उपचारकाे उपाय खाेज्ने कि भन्ने बिरामी र अरु आफन्तकाे सुझाव अनुसार त्यहाँ आउने निधाे गरेपछि म पनि कामाण्डौबाट चितवन झर्ने निधाे गरेँ ! माईलि छाेरी सुश्मा पनि काठमाण्डौ उपचारकै शिलशिलामा थिईन, सल्लाह गरेर सँगै चितवन पुग्याैँ ।
बिरामी माईजुकाे अअवस्था सारै नाजुक रहेछ , त्यहि पनि “सास रहुन्जेलकाे आश” भने झै सबै कोशिस गरेर अन्तिम परिणाममा करिव डाक्टरहरुकाे सल्लाह लिदा त डाक्टरहरु नै निराश छन!!
अब के गराै ? अन्तिम बिकल्प किमाेथेरापि वा नर्मल सपाेटिङ्ग मेडिसिन डा. ले भन्देपछि बिरामि रेष्ट गर्नु बाहेक हाम्रा अगाडि बिकल्प नै देखिएन !
मामा काे धाेकाे थियाे जति खर्च लागेनि बिरामी निकाे भए पछि बाचुन्जेलकाे खर्च जाेहाे गर्छु ! तर मामाकाे भनाई माथि खराब स्वास्थले चुनौति गरिरहेकाे छ!! सुश्मा र पुष्पा छाेरिहरु अनि फाेन कलबाट अरु ज्वाईसावहरुकाे नि जाेड थियाे बिरामि निकाे पार्न तर जाेडबल के अर्थ सबै याेजना नकाम हुन छाेड्याे !
बिरामी माइजुमा झन निरासपन थपिदै गईरहेकाे थियो‌‌,उफ् जिन्दगि के नै रहेछ र??
अनि माईजु आत्तिन थाल्नु भयाे , मलाई घरमै आराम गराउँनु !
त्यहाँ बसालेर आराम गराउँनु भन्दा सबैकाे सल्लाह बमाेजिम दाङ हुँदै राेल्पा पुर्याउने सल्लाह भयाे, आपत र बिपतमा परेकाे त्याे बेला मलाई गाडि मिलाउन र यात्रा तय गर्न हतार नै थियाे , जब सबै व्यवस्थापन मिलाएर यात्रा तय हुने बेला बिरामी बाेकेर गाडिमा राख्ने अवसर मिल्याे , मैले जन्म दिएकि एउटी आमाकाे अभावलाई महसूस गरे मेरी आमा कठै संसार छाेडेकाे धेरै भैसकेछ र पनि कर्म दिने आमालाई बाेक्न पाउँदा गर्व काे महसूस भयाे।
त्यहि बेला मुनाल बाबु याे अन्तिम भेट हाे ! निराश नहुनु आमा ! यत्ति संवाद पछि मेराे गला पनि अवराेध भयाे ,सहि जवाफ दिन र सम्झाउन नै सकिन ! मेराे कामले काठमाण्डौ हिड्न पर्ने थियाे ! चितवनमै छुट्टियाै।

क्यान्सर राेग एक घातक राेग हाे यसबाट बच्ने उपाय के-के छन्? मैले मेरी माईजुलाई त नजिकबाट चिनेकाे थिएँ तर क्यान्सर राेग भन्ने बारेमा मैले नजिकबाट त्यहि क्यान्सर हस्पिटलमा अझै थप परिचित भएँ !
जिवनका हरेक सबल र दुर्वल पक्ष त छन नै मानिसले बुझ्ने त सबभन्दा पहिले आफ्नाे स्वास्थ नै रहेछ ! अन्तिममा माया गरेकाे जिवनकाे के अर्थ ? त्यसैले बाच्नु ठुलाे कुरा रहेछ , धन , सम्पति , प्रतिष्ठा र अन्यथा त थपमा हुँदै गर्ने कुरा न रहेछ यसकारणले सुरक्षित जिवनकाे प्राथमिकता नै आजकाे आवश्यकता रहेछ !


माईजुकाे त्यस्ताे स्वास्थ्य अवस्था हुदाँ पनि स्याहार व्यवस्थाकै खाेजिमा हुनुहुन्थ्याे ! हामी त झन भावनात्मक रुपमा भावबिह्वल नै थियाै ! एउटा समाजकाे अगुवा प्रेरणाकाे खानी आमालाई बचाउन धेरै धामा गर्याै नसक्ने बिकल्प हाम्रा अगाडि चट्टानि पहाड झै उभिएर ठडियो!!
माइजुलाई राेल्पा पुर्याउनु भएछ ! आज वा भाेलि कतिबेला यस्तै नमिठाे यादहरुकाे सम्झना मनमा खेल्दै थियाे ! एक्कासि साँझ बेलुकितिर बिरामी अलि अप्ठेराेमा परेकाे खबर जेठानी दिदीले गर्नु भएछ ! झसङ्ग भए म र सालि नानिहरुलाई र आफन्तमा खवर गरे ! सामाजिक संजालकाे माध्यम मार्फत चारैतिर खबर आदान प्रदान गरे !

हामी सबैकाे अविभावक एवं जनयुद्वकि आमा गुमाउनुकाे पिडा अनुभुती असाध्यै भयाे ! २०७८ मङ्सिर ८ गतेका दिन ५:०० बजे ५९ बर्षकाे अल्पायुमै हामीलाई टुहुरा बनाएर जानु भयाे , आमा !
मङ्सिर ९ गतेका दिन अन्तिम दाहसंस्कार गर्ने सल्लाह पाए मैले तर म टाढा

अर्थात् काठमाण्डौ छु ! शिर निहुर्याएर श्रद्वाञ्जलि सलाम टक्राए आमा !! हजुरबाट धेरै सिक्नु पर्ने र लिनुपर्ने शिक्षाहरु छन ! मैले ग्रहण गरेकाे छु आमा ! मैले सुने धेरै आफन्तहरुकाे भेला द्वारा अन्तिम श्रद्वाञ्जलि दिन पुर्व मन्त्रि माननीय जयपुरि घर्ती लगायतका नेता कार्यकर्ताकाे बाक्लै उपस्थिति छ रह्याे भन्ने सामाजिक संजालमा देखे आमा ! मेराे भाैतिक अनुपस्थितिमा भए पनि बैचारिक र चिन्तनगत रुपमा निकट नै रहनेछु आमा!!
मैले अझ महत्वपुर्ण निर्णय सुनेँ आमा ! म मर्दा कुनै पुरानाे रिति-तिथि र धर्म संस्कार नगर्नु भनेर परिवारबाट भाैतिक बिदाई हुदाँकाे क्षणले झनै गम्भीर बनायाे मलाई ! हजुरकाे यस बैचारिक संदेशले तपाईकाे उचाईकाे मापन देखाएकाे छ , रुढिवादी संस्कृत र सामाजिक बिभेदरुपि संजाललाई ताेड्ने तपाईं पहिलाे महिलाकाे रुपमा दर्ज पक्कै हुनुहुनेछ , मलाई बिश्वास छ त्यहाँकाे पार्टिले यहाँकाे याेगदानको कदर पक्कै गर्नेछ र तत्काललाई सामान्य जस्ताे बिषय बहस लागे पनि भविष्यमा वा दिर्घकालिन प्रभाव आउँदा सन्तलिहरुमा पक्कै पर्ने छ ! मङ्सिर २१ गते हुने भनिएकाे श्रद्वाञ्जलि शभामा यहाँकाे सु-स्पष्ट बिचारकाे बयान राम्रै सँग हुने आशा गरेकाे छाै र अहिले हजुरकै पथपर्दशक शिद्वान्तमा सबै परिवारले अविचलित प्रतिबद्वता गरिरहेका छाैं ! जहाँ छाै , जे गर्दैछाै हजुरकै सदबिचारले हामी हिन्ने पुन: प्रतिबद्वता दोहार्याउछौ , त्यसैले मेराे नाताले माइजु भन्दा प्याराे नाता आमाबाट निकट भएका कारण अन्तिम श्रद्वाञ्जलिका मुठ्ठि उठाएर लालसलाम , टक्र्याउँछु आमा !
मेराे अविभाभक मामा र बिदेशमा रहने प्याराे साला शुभाष , सालि मनिषा , सुश्मा र कान्छि पुष्पा /बहिनि , भदैनि र सादुभाई हरु लगायत समस्त आफन्तिहरु जति शाेकमग्न हुनुहुन्छ , गहिराे संमबेदना सहित फेरि पनि दिवंगत आत्माकाे चिरशान्तिकाे कामना गर्दै हृदयदेखि नै अन्तिम श्रद्वा गर्दछु आमा!!
(लेखक टक बहादुर घर्ती (मुनाल) तत्कालीन जनयुद्वका एक चर्चित सैन्य कमाण्डर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस