ताजा अपडेट

बन्दुकले उडाएका कलिला सपनाहरु!!शहिद रिताको कथा।।

त्यसपछि रितालाई लछारपछार गर्दै आगन छेउको स्याउलामाथी लगियो।केहिले रिताका कपडाहरु च्यात्न थाले,केहिले पिट्दै हातखुट्टाहरु समाउन थाले अनि एकजना रिताको माथी चढ्यो।कुटाईले अर्धचेत अवस्थाकी रिता चिच्याउन थालिन्,फुस्किन खोजिन् तर सम्भव भयन उनको इज्जत उनकै आगनमा लुटियो।नजिकै वुवाआमाहरुको छातिमा बन्दुक तेर्साइयको थियो,चिच्याउदै हुनुहुन्थ्यो तर कसैको केहि लागेन पालैपालो रिताको इज्जत लुटियो।

रोल्पा/उमेरले भर्खरै १४ वर्ष पुगेकि रिता कक्षा ५ मा पढ्दै थिइन्। गाउँमा स्कुल थिएन,करिब २ घण्टाको बाटो हिडेर खोलापारीको पल्लो गाउँमा पढ्न जान्थिन्।अत्यन्तै गरिव परिवारमा जन्मियकि रिताको स्कुलको यात्रा पनि निकै कष्टपुर्ण थियो।कापि कलम किन्ने पैसा हुने थिएन,च्यातिएको कमिज वर्षौ लगाउनु पर्थ्यो,झोला किन्न नसक्दा हातमै किताब बोक्थिन् अनि कयौ दिनहरु उनि भोको पेट स्कुल पुग्थिन।अनेक अप्ठेरोका पर्खालहरु तर पनि धेरै पढेर ठुलो मान्छे बन्ने रिताभित्र सपनाहरु पलाउदै थिए।उनि सोच्थिन् एकदिन वुवाआमाको खुसि फर्काउने छु,परिवारको सहारा बन्नेछु धेरै पढेर।


एकदिन कुरो हो,स्कुलमा पढिरहेकि रिताको कक्षामा केहि अन्जान व्यक्तिहरु छिरे,पढाइरहेका सरलाई नमस्कार गरे अनि केहिबेरको कुरापछि सर कक्षाबाहिर निस्कनु भयो।मुखामुख हेराहेर गरिरहेका बिधार्थिहरुले कानेखुसि गर्न थाले माओबादि आयो माओबादि!!हुन पनि उनिहरु माओबादि पार्टिका बिधार्थि नेताहरु थिए।दैनिक बम बारुदको आवाज सुनिरहेका,वल्लो पल्लो गाउँका ठुला घटनाहरु थाहाँ पाइरहेका रोल्पालिको मनमा कोहि अन्जान व्यक्ति माओबादि नै बन्ने गर्थ्यो।कक्षामा प्रवेश गरेका ति नेताहरुले भाषण गर्न थाले-बुर्जुवा शिक्षालाई ध्वस्त गर्दै अब बैज्ञानिक शिक्षा ल्याउनु पर्छ,धनिका छोराछोरिहरु शहरका महंगा बोर्डिङ् स्कुलमा पढ्छन् तपाइ हामि गरिबहरु मात्रै बुर्जुवा शिक्षा पढ्नुपर्ने??अब अधिकार मागेर होइन खोसेर लिनुपर्छ।बिचरा रिताको मनमा अनेक प्रश्नहरु उब्जिरहेको थियो के होला बुर्जुवा अनि के होला बैज्ञानिक भनेको??केहि समयको भाषणपछि स्कुलमा बिधार्थि संगठन पनि बन्यो जसमा रितालाई सचिव बनाईयो।तर सचिब भनेको के हो? संगठन के हो? के गर्नुपर्छ बिचरी रिता भने अनबिज्ञ थिईन्।


यसरी नै दिनहरु बितिरहेका थिए।रिताको दाई पनि दुई वर्षअघी माओबादि बनेर भुमिगत भैसक्नु भयको थियो।कहिलेकाहि मात्रै घरमा आउने उहाँ रोल्पा जिल्लाको ठुलो दलितको नेता भैसक्नु भयको रहेछ।घरमा पनि माओवादिहरुको आवतजावत बाक्लो थियो,नेताहरु घरमा आयको बेला रितालाई पनि खुबै सम्झाउथे माओबादि बन्नुपर्छ भन्ने गर्थे,गाउँको सांस्कृतिक कार्यक्रममा लगेर जान्थे अनि आफुजस्ति उमेरका दिदिबहिनीहरको हातमा बन्दुक देख्दा रिताको मनमा खुब खुल्दुली चल्ने गर्थ्यो तर उनि पढ्नै पर्छ भन्ने मनसाय बढि राख्थिन्।


दाजु माओबादिमा भुमिगत भयकाले पनि छरछिमेकले रिताको घरलाई माओबादिको घर भन्ने गर्थे।सदाजस्तै एकदिन पनि सात आठ जना माओबादिहरु रिताको गाउँमा आइपुगे।त्यो दिन गाउँभरि हल्ला थियो,आज साझ माओबादिको कार्यक्रम हुदैछ भनेर। कोहि माओबादिहरु रिताकै घरमा खाना पकायर खाय अनि केहिले गाउका महिलाहरु जम्मा गरेर रिताकै घरमा ल्याए,खासमा त्यो दिन महिला संगठनको बैठक रहेछ।।बैठक चल्दै थियो,एकजना माओबादिकी महिला कमाण्डरले महिला अधिकारका कुराहरु गर्दै थिइन् रिता कुनानेर बसेर सुनिरहेकि थिइन्।।घरका अरु सदस्यहरु सुतिसकेका थिए। एक्कासि घरको माथि बारिको कान्लाबाट नजिकै दश बाह्र जत्ति टर्च लाईटहरु बले अनि कराउदै एकजनाले भन्यो, ओए सालेहरु,एकजना भागिस् भने मर्छस् तिमिहरु सबै हाम्रो कब्जामा छौ सबले हात उठा!!ओए सुन्दैनस् हात उठा!!

त्यो आवाज आउने बित्तिकै माओबादिहरु धमाधम आगनबाट हाम फाल्न थाले,घरको आगनको तल्लो भिरतिर हाम फालेका माओबादिहरुलाई प्रहरिहरुले आगनमै आयर तलतिर फायरिङ् गरे,अघिसम्म सुनसान गाउँ एकैक्षणमा अब बन्दुकको डरलाग्दो आवाजले थर्किन थाल्यो,भर्खरैसम्म महिला अधिकारको कुरा चलिरहेको घरको आगन रणमैदान बन्यो, वल्लोपल्लो गाउँका कुकुरहरु समेत भुक्न थाले।भेला भयका महिलाहरु चिच्याउन थाले,रिता पनि डरले काप्न थालिन् त्यतिबेलासम्म प्रहरिले घर पुरै घेरा हालिसकेको थियो।माओबादिहरु सबै भागिसकेका थिए गाउँका सब महिलाहरुलाई आगनमा लाईन लगाइयो त्यसपछि शुरु भयो यातनाहरु।कहिले लात्तले भकुर्थे,कहिले बन्दुकको कुन्दा बजार्थे,कहिले आगनको दाउरा भाच्थे,कहिले कपालबाट फन्काउथे।।धेरै माथिल्लो गाउँको इप्रकाबाट आएका ति प्रहरिहरुले मानबता गुमाइसकेका थिए,रिताको घरमा आगो लगाउन थालियो।वुवाआमाहरु रुदै प्रहरिको खुट्टा समाउदै हुनुहुन्थ्यो।।


लगातार यातनाको श्रंखला चलिरह्यो।सबैको नाम माओबादिहरुले बैठकमा लेखियको कापि हात पारेका प्रहरिहरुले एकएक गरि बोलायर तथानाम गालि वर्षाउदै एक एकवटा दाउरा कुटेरै भाच्न थाले।जति रुवाईकराई गरेपनि उनिहरुको मन पग्लेन।सायद प्रहरिको ठुलो मान्छे हुनुपर्छ एकजना कराउदै सोध्यो- ओए रिता भन्ने को होस्??रिताले डराउदै म हो सर ! भनिन्।ठोक् यसलाई!! फेरि गर्जियो बाघजस्तै,दुइजना गयर बन्दुकको कुन्दाले छातिछातिमा वर्षाउन थालियो चिच्याउदै ढलिन् रिता आगनमा।साले स्कुलमा बिधार्थिको नेता बन्ने त,माओबादि बन्ने हैन??पख् म देखाउछु तलाई!! कराउदै रितालाई लछारपछार गर्न थालियो।वुवाआमाहरु हात जोर्दै छोरिलाइ छोडिदिन आग्रह गर्नुभयो,रुनु भयो,चिच्याउनु भयो तर केहि लागेन।खासमा सुराकिले सबैकुरा प्रहरिमा पुर्यायको रहेछ रिता र उनको घरपरिवारको बारेमा।


त्यसपछि रितालाई लछारपछार गर्दै आगन छेउको स्याउलामाथी लगियो।केहिले रिताका कपडाहरु च्यात्न थाले,केहिले पिट्दै हातखुट्टाहरु समाउन थाले अनि एकजना रिताको माथी चढ्यो।कुटाईले अर्धचेत अवस्थाकी रिता चिच्याउन थालिन्,फुस्किन खोजिन् तर सम्भव भयन उनको इज्जत उनकै आगनमा लुटियो।नजिकै वुवाआमाहरुको छातिमा बन्दुक तेर्साइयको थियो,चिच्याउदै हुनुहुन्थ्यो तर कसैको केहि लागेन पालैपालो रिताको इज्जत लुटियो।त्यसपछि जम्मा भयका गाउँका सबै महिलाहरुलाई छाडियो तर रितालाई भने साथमा लगियो।शरिरमा कपडा बाकि थियन रिताको र पनि यातना उस्तै थियो।वुवाआमाहरु घरको तलसम्म रुदै आउनुभयो तर छोरिलाई साथमा लगेरै छाडे प्रहरिहरुले।

यता आगनबाट हाम फालेर ज्यान बचाएका केहि माओबादिहरु तल्लो गाउँमा भेला भैसकेका थिए।उनिहरु केहि समयपछि त्यहि घरमै आइपुगे सबै घटना थाहाँ पाइसकेपछि उनिहरुले तत्कालै योजना बनाउन थाले।त्यो गाउँबाट ईप्रका जाने बाटो छेकेर आक्रमण गर्ने योजना तय भयो। सबै माओबादिहरु र गाउका युवाहरु तुरुन्तै जम्मा पारेर अध्यारो रातमा माओबादिहरु बाटो छेक्न छरितो बाटो लागे‌‌‌।पल्लो डाँडाको भिरमा रातभरि माओबादिहरु ढंगामुढा लियर बसिरहे तर प्रहरिहरुले रितालाई अर्को जंगलको बाटो हुदै लगेछन्।भोलिपल्ट बिहानै वुवाआमाहरु तुरुन्तै ईप्रका पुगे,छोरि माओबादि होइन,छोडिदिनुस् भन्दै हार गुहार गरे तर ईप्रकाले तिम्रो छोरी ल्याएका छैनौ भन्दै उल्टै वुवाआमालाई हप्कायर पठाइदिए।
भुमिगत भयको एउटा छोरोको अत्तोपत्तो छैन,पढिरहेकि छोरिमाथी पनि त्यस्तो घटना घट्यो।त्यपछि झन् पिडामा डुव्यो रिताको परिवार।गाउँ नै शोकमग्न भयो।रातदिन रोयर बित्यो वुवाआमाको दिनहरु।।माओबादिकै आरोपमा पल्लो गाउँका कालापहाड जान हिडेका युवाहरुलाई पनि त्यो ईप्रकाले चौकिमा थुनेको रैछ,उनिहरु फर्केपछि थाहाँ भयो रितालाई दिनभरि दाउरा चिर्न लगाउथे रे ईप्रकामा,चामल केलाउन लगाउथे रे,कपडा धुन लगाउथे रे।।केहिदिनपछि गाउँमा खबर आयो,प्रहरिले माओबादिहरु समातेर मारेको छ रे।रिताको वुवाआमा पनि हतार हतार चौकिमा पुग्नुभयो,खाल्डोमा लस्करै लाशहरु राखियको थियो।रितालाई खोज्दै जानुभयो तर वुवाआमाले रितालाई चिन्न सक्नु भयन केटिहरुको टाउकोका कपालहरु सबै काटिदियका थिए अनुहार नचिने थियो।छोरिको शवलाई थम्माउन नसकेपछि रुदै रुदै फेरि घरतिर फर्किनु पर्यो।।त्यसपछि सदाको लागि बेपत्ता भैइन् रिता।।


करिव दशवर्षको जनयुद्वलाई विश्राम दिदै तत्कालिन नेकपा माओबादि सात दलसंगको वृहत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै शान्ति प्रकियामा प्रवेश गर्यो।मुलुक नयाँ राजनितिक चरणमा प्रवेश गर्यो त्यसपछि माओबादि पार्टिकै आग्रहमा रितालाई शहिदको सुचिमा राख्न लगाईयो।अनि राज्यले परिवारलाई दश लाख पनि उपलब्ध गरायो।।तर रिताको परिवार भने अझै पनि रिता फर्किने पर्खाईमा छन्।माओबादिले हतियार बिसायो तर रिताको परिवारले मनको पिडा बिसाउने चौतारी कहिल्यै भेटेन।चोट उस्तै ताजा छ घाउहरु उस्तै आला छन्।न रिताको बलिदानिको औचित्य भेटिन्छ कतै न त रिताका कलिला सपनाहरुको हत्या गर्ने दोषि कठघरामा उभिएको देखिन्छ कतै।।मनभरिका ‌पिडाले जलिरहनु बाहेक केहि बचेको छैन आजसम्म रिताको परिवारमा।


( यो रिपोर्ट पत्रकार सुगम सरोवरले रोल्पा पुगि तयार पार्नु भयको हो‌। शहिद रिताको नाम,ठेगना र परिवारको परिचय गोप्य राखिएको छ)

प्रतिक्रिया दिनुहोस