ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले भने : `इसाई धर्मको मान्यता अनुसार एमाले पापी हो´

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकामा दलका नेता र जनप्रतिनिधिहरु अक्सर सार्वजनिक कार्यक्रमहरुमा घोचपेज चलिरन्छ ।

यसैबिच आइतबार आज `ख्रिस्मश डे´ का अवसमा इसाई समाज रुन्टीगढीद्वारा रुन्टीगढी गाउँपालिकाको सभा हलमा आयोजित र्याली तथा शुभकामना कार्यक्रममा नेकपा एमालेका रुन्टीगढी अध्यक्ष अमराज बस्नेतलाई लक्षित गरि गाउँपालिका अध्यक्ष जनक पुनले इसाई धर्मको मान्यता अनुसार एमाले पापी हो ।´ भन्दै कटाक्ष गरेका हुन् । अध्यक्ष पुन त्यतिमा मात्रै रोकिएनन् उनले एमालेमा लाग्नेहरु समेत पापी रहेको अभिव्यक्ति दिएका हुन् ।

शुरुमा शुभकामना मन्तव्य दिने बक्ता एमाले अध्यक्ष बस्नेतले काङ्ग्रेस र स्थानीय सरकार रुन्टीगढीको गतिविधिमाथि प्रश्न उठाएपछि गाउँपालिका अध्यक्ष पुनले आफूले बोल्ने क्रममा इसाई धर्मको मान्यता झुट नबोल्ने भएकाले एमाले झुट बोल्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस