होलेरी- होलेरी-ग्वारखोला सडक खण्ड अन्तर्गत रोल्पाको रुन्टीगढी ८ नं वडापालिकाको भुभागमा पर्ने रानीवास खोलामा बिगतका वर्षमा जस्तो स्थानीयहरुले डोरी टागेर खोला तर्ने बाध्यता यस वर्षबाट अन्त्य भएको छ ।
राज्यको ध्यान नपुगेको भन्दै रुन्टीगढी गाउँपालिका वडा नं ८ कि वडा अध्यक्ष तुल्सी पुनको योजनामा स्थानीयहरुको श्रमदान रानीवास खोलामा गत वैशाखमा निर्माण गरिएको पुलले मोटरसाइकल सवार तथा स्थानीयहरुमा सहजता ल्याएको छ ।
वडा अध्यक्ष तुल्सी पुनले बैशाख केठको टन्टलापुर घाममा स्थानीयहरु संगै पुल निर्माण गर्न ढुंगा बोकिन् । पश्चिम दाङको तुलसीपुरसंग सिमाना जोडिएको रुन्टीगढी ८ नं वडापालिकाका स्थानीयहरु दैनिक उपभोग्य सामाग्री किनमेल गर्न तथा बिरामी पर्दा समेत दाङ जाने गर्छन् । विगतमा रानीवास खोलामा पुल नहुँदा वर्षात याममा स्थानियहरुले डोरी टागेर ज्यान जोखिममा खोला तर्ने गर्दथे ।वडावासीको त्यहि शास्ति र जोखिमलाई अन्त्य गर्न यस वर्ष वडा अध्यक्ष पुनले हिम्मत गरेर पुल निर्माण गरे संगै वर्षतमा उक्त पुलबाट मोटरसाइकलहरु वारपार हुनुका शाथै ८ नं वडाका स्थानीयहरु सहजै दाङ-रोल्पा आवतजावत गर्न सफल भएका छन् ।