ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

गायक एमटी महरले १२ लाख लगानी गरेर फिल्मी शैलीमा बनाए म्युजिक भिडियो (भिडियोसहित)

रोल्पा- पछिल्लो पुस्ताका गायक एमटी महरले i love you one kiss  चर्चित गीत बजारमा सार्वजनिक गरेका छन्। गीतको शब्द संगीत तथा स्वर एमटी महरको रहेको छ भने चर्चित मोडल तथा नायक पल शाह जुना कार्की,जीवनकुमार एमटी महर र एलिना रायमाझीको अभिनय रहेको छ।
उक्त गीतमा अहिलेसम्मकै सानदार प्रस्तुति दिन प्रयास गरेको गायक एमटी महरले बताएका छन् । गीतमा दर्शन श्रोताहरुको माया पनि मिलिरहेको उनको भनाइ छ ।पल शाह अभिनित उक्त गीतमा गायक महरले आजसम्म कै धेरै लगानी गरेका छन् । गायक एमटी महरका अनुसार उनले उक्त गीत निर्माण देखि छायांकनसम्म १२ लाख बढी लगानी गरेका छन् । i love you one kiss  गीत स्टेज कार्यक्रमका लागि दर्शकलाई नचाउने खालको बनेको जनाएका छन् ।
भिडियो

प्रतिक्रिया दिनुहोस