घोराही – रोल्पा रुन्टीगढी ७ गैरा स्थायी घर भइ दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरमा १३ बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन् ।
जसमा खड्काले बोरी,काक्रा,फर्सी,टमाटर र खुर्सानी लगायतका तरकारीले जमिन हरभारा बनाएका छन् ।
त्यस बाहेक नारायणपुर मै अर्कोस्थान र मसिना दाङमा बन्दा,काउली,खुर्सानी खेती गरेका छन् ।खड्काका स-परिवार नै तरकारी खेतीमा तल्लीन रहेका छन् ।परिवारका सदस्य बाहेक करिब १ सय बढीलाई तरकारी गोडमेल र हेरचाह गर्न रोजगारी दिएको उनी बताउँछन् ।
`मैले बुवाको पेशालाई निरन्तरता दिएको हुँ´-कृषक खड्काले भने-`मैले थाह पाउने बेला देखि नै बुवा जुद्वबहादुर खड्काले जन्मगाउँ रोल्पाको गैरा गाउँमा तरकारी खेती गर्नु हुन्थ्यो ।हामीले पनि बुवालाई शाथ दिन्थ्यौँ ।त्यसपछि पछि आएर व्यावसायिक तरकारी खेती नै गर्ने निधो गरेर सबै परिवार तरकारी खेतीमा लागेका हौँ ।´
वर्षभर करिब एक/डेढ करोडको लगानी गरेर खेती गर्ने गरेको उनले जानकारी दिए ।सरकारबाट अनुदान वा कुनै साह्यता नपाएपनि सिजनमा समयमै विउविजज र रासायनिक मल बजारमा नपाइने जस्ता किसानका चुनौतीबारे सरकारले ब्यबस्थापन गरिदिनु पर्ने कृषक महेन्द्र खड्काको अपेक्षा रहेको छ ।कृषि क्रान्तिबाट समृद्धि हासिल गर्न सकिन्छ भन्ने भनाइलाई उनले सार्थक बनाई रहेका छन् ।आँखा दृष्टि पुग्न नसक्ने जमिनमा उनले दाङमा गरेको खेती अवलोकन गर्न रोल्पा,रुकुम,प्युठान,सल्यान,बाँके,वर्दिया लगायतका स्थानहरूबाट मानिसहरु आउँने गरेको उनले बताए ।
महेन्द्र खड्का लगायत दाङका विभिन्न स्थानहरूमा रोल्पा रुन्टीगढीका युवा कृषकहरु महेन्द्र थापा,सशीराम खड्का लगायतले व्यावसायिक तरकारी खेती गर्न शुरूवात गरेपछि हाल दाङमा भारतबाट आयातीत हुने टमाटर,फर्सी,सेमी,बन्दा लगायत तरकारीहरु रोकिएको रुन्टीगढी ५ रोल्पा घर भइ सब्जीमण्डी घोराहीका तरकारी ब्यबसायी तारा डाँगीले जानकारी दिए ।`रोल्पाबाट दाङ झरेर उहाँ शाथीहरुले गर्नु भएको ब्यबसायिक कृषिकर्मले गर्व महशुस हुन्छ ।यहाँका धेरैले रोजगारी पाउँनु भएको छ´-ब्यबसायी डाँगीले भने-`अरु युवाहरुले पनि उहाँहरुबाट कृषिकर्ममा प्रेरणा लिनुपर्छ भन्ने लाग्छ ।
भिडियो




















