होलेरी- रोल्पाको त्रिवेणी २ ह्याङ घर भइ त्रिवेणी २ दहबनमा सुगुर पालन गर्दै आएका पशुपालक कृषक खिमबहादुर घर्तीको सुगुरहरु खोर मै धमाधम मर्न थालेपछि उनी चिन्तित बनेका छन् ।
घर्तीका अनुसार उनका सुगुरहरुमा कुनै विरामी वा रोगको समस्या थिएन।तर गत शुक्रबार अचानक गर्भवती माउ सुगुर विरामी पर्यो ।वान्ता गरेर केहि घण्टा मै मर्यो ।त्यसको २ दिनपछि अर्को गर्भवती माउ सुगुर पनि त्यस्तै लक्ष्यण देखा परेर मर्यो ।र बचेको एउटा भाले सुगुर पनि त्यस्तै लक्ष्यण देखा परेर थलिएको छ ।स्वदेश मै केहि गरौँ भने सुगुर पालन ब्यबसायको शुरूवात गरेका घर्ती आफ्नो लगानी डुबेको भन्दै चिन्तित बनेका बताए ।`पहिला पनि सुगुर पालेको थिए ।तर यसरी कहिल्यै पनि खोर रित्तिने गरी सुगुरहरु मरेका थिएनन् ।यसपालि संकास्पद ढंगबाट सुगुरहरु मरे मेरो करिब ३ लाख आम्दानी खेर गयो´-घर्तीले भने ।
उनका अनुसार सुगुरलाई कसैले विषादी दिएको आशंका गरेका छन् ।तर नजिकमा ल्याब टेस्ट गर्ने सुबिधा नभएकाले यकिन गर्न मुस्किल भएको उनको भनाइ रहेको छ ।घर्तीले पशु चौपायाहरु सुरक्षित रुपमा पालन गर्न अन्य पशुपालक कृषकहरुलाई सुझाव दिएका छन् ।