होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी बजारमा सञ्चालन भैरहेको कृषि तरकारी हाट बजारमा एकै दिन बिहान तरकारी मुल्य आधा भन्दा फरक भएको भन्दै किसानहरुले गुनासो गरेका छन्।
बुधबार विहान ९ बजे सेमी ८५ देखि ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भएपनी त्यसको २ घण्टापछि त्यही सेमी ४०/५० रुपैयाँमा बेच्न परेको रुन्टीगढी गाउँपालिका ७ का अगुवा कृषक कलबहादुर पुनले गुनासो ब्यक्त गरे।पुन सहित अन्य सेमी कृषकहरुले पनि गुनासो गरेका छन्।हाटबजारमा तरकारीको एउटै दरभाउ कायम हुनुपर्ने उनीहरुको माग रहेको छ ।
तरकारीको दरभाउ समय अनुसार तलमाथि हुनसक्ने भन्दै हाटबजार ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र प्रकाश महराले तरकारी बिक्रि गर्न किसानलाई कुनै समस्या नरहेको बताए।कुनै दिनहरुमा हाट बजारमा तरकारीको मूल्य राम्रै रहदै आएको र बुधबार माग नभएर सेमीको भाउ विस्तारै खसेको उनले बताए।
भिडियो