ताजा अपडेट

बाईक दुर्घटनामा घाइते बनेकी रुन्टीगढी ८ को वडा अध्यक्ष तुल्सी पुनको स्वास्थमा क्रमिक सुधार

रोल्पा-मोटरसाइकल दुर्घटनामा परेर घाइते बनेकि रुन्टीगढी गाउँपालिका वडा नं ८ को वडा अध्यक्ष तुल्सी पुनको स्वास्थ्यमा बिस्तारै सुधार आउँन थालेको छ।गत साउन ८ गते होलेरीबाट वडा नं ८ कार्यालय मेलटाकुरा फर्कने क्रममा वडा अध्यक्ष पुन ग्वारखोला-होलेरी सडक खण्ड अन्तर्गत रुन्टीगढी ७ सलिबाङ स्थित मोटरसाइकल दुर्घटनामा परेकि थिईन।

दुर्घटना पछि वडा अध्यक्ष पुनको तस्वीर

हरेक जिम्मेवारी कुशल ढंगबाट निभाउन सक्ने उर्जाशिल वडा अध्यक्ष पुनले आफै मोटरसाइकल चलाएर वडा कार्यालय फर्कने क्रममा मोटरसाइकल चिप्लिएर दुर्घटना हुन पुगेको उनको भनाई छ।

सधै गाउँपालिकाको कार्यालय होलेरी आउँने/जाने क्रममा म आफैले सवारी चलाएर आवत/जावत गर्ने गर्थे त्यस दिन बर्षात गरेकाले सडक हिलाम्मे बनेको थियो त्यसैले परिस्थिति फरक बन्यो।-वडा अध्यक्ष पुनले होलेरी खबरलाई भनिन।

हाल वडा अध्य पुन तुल्सीपुर स्थित उपचाररत छिन।दुर्घटनाबाट उनको शरिरमा चोटपटक लागेको थियो भने बाँया खुट्टाको पैतालाको दुई वटा हड्डि भाचिएको छ।

प्लास्टर गरिएको खुट्टा

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा नियमित उपचार गराएपछि स्वास्थ्यमा क्रमश सुधार आउँदै गएको वडा अध्यक्ष पुनले जानकारी दिएकि छन्

वडा नं ८ मा कार्यबाहक वडा अध्यक्षको जिम्मा वडा सदस्य चन्द्रविर घर्तीलाई दिएको बताएकि छन्।

प्लास्टर गरिएको खुट्टाको प्लास्टर खोल्न अझै ४५ दिन लग्ने अस्पतालको भनाईरहेको उनले बताइन्।

छिट्टै निको भएर वडा कार्यालय फर्केर जनताहरुका दैनिकीमा सहयात्री बन्ने तथा उनीहरुको सेवा गर्ने वडा अध्यक्ष पुनले होलेरी खबरलाई बताएकि छन्।

प्रतिक्रिया दिनुहोस