होलेरी- रुन्टिगढी गाउँपालिका वडा नं ३ सालबाङस्थित स्थानिय गन्जबहादुर घर्तीको घरमा गत चैतमा २० गते आगजनी भएर घरका सामाग्रीहरु नष्ट भएपछि रुन्टिगढी गाउँपालिका,नेपाल रेडक्रस सोसाइटी उप-साखा होलेरी र गोल परियोजना -२ द्वारा संयुक्त रुपमा राहत सामाग्री हस्तान्तरण गरिएको छ।

गत चैत २० गते बिहान ७ बजेतिर घरमा आगलागी भै घर तथा घरायसी सरसामान जलेर नष्ट भएको भन्ने मसिना उपशाखा सभापति चित्र डांगीबाट जानकारी प्राप्त गर्ने बित्तिकै सोही दिन रुन्टीगढी गाउँपालिका , नेपाल रेडक्रस सोसाइटी होलेरी र मसिना,गोलपरियोजना २ बाट संयुक्तरूपमा खाध्य तथा गैर खाध्य सामग्री पीडितलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी उप-साखा होलेरीका सभापति लक्षिरामा थापाले जानकारी दिएका छन्।

गाउँपालिका उपाध्यक्ष सरिता के सी, रुन्टिगढी ३ नं. अध्यक्ष गणेश गिरी,रेडक्रस होलेरीका सचिव रेशम बुढाथोकी ,मसिनाका सभापति चित्रबहादुर डांगी र गोलपरियोजनाका खिममान खड्का अन्य स्थानीयहरुको उपस्थिति थियो । आगलागी हुनै नदिने उपायको खोजी गरी सुरक्षित बन्न सभापति थापाले सबैमा अनुरोध समेत गरेका छन्।
