दाङ-दाङको एक क्याम्पस परिसरमा बम विस्फोट भएको छ।
घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसकाे गेटमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीबार बिहान ९ बजेतिर भएको हाे।
बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा १२ मा पढने पढ्ने घोराही उपमहानगरपालिका -१५ का अभियान थापा र सुभम कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताए।
मोटरसाइकलमा सवार दुई जनाले बम विस्फोट गराएर भागेका थिए। भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएपछि रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिएको र उनिहरुलाई थप अनुसन्धान भइरहेको डिएसपी तिमल्सिनाले बताए।