होलेरी- रोल्पाको होलेरीमा मंगलबार साझ करिब ५ बजेको समयमा विपरीत दिशाबाट गुडिरहेका दुई मोटरसाइकल एकाआपसमा ठोकिएका छन् ।होलेरी भित्री बजारको सडक भएर बजारतिर आइरहेको रा ४ प २७५ नं को पल्सर मोटरसाइकल र सोही मार्ग भएर विपरीत दिशा गइरहेको रा ४ प ९४२८ नं को पल्सर मोटरसाइकल एकआपसमा ठोकिएको ईलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।दुर्घटनाबाट एउटा मोटरसाइकल सडकबाट करिब १० मिटर तल कसेको थियो ।
होलेरी बजार तर्फ आइरहेका मोटरसाइकल चालक होलेरीका धुर्व प्रकाश मल्ल र विपरीत दिशातर्फ गैरहेका अर्का चाकक त्रिवेणी २ नुवागाउका गोपाल बाठा दुवै शुरक्षित रहेको प्रहरीले जनाएको छ ।चालक बाट्गाको दाहिने हातमा चोट लागेर प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भैरहेको र दुबै मोटरसाइकल प्रहरी कार्यालयमा लगिएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायब निरीक्षक धनबहादुर रानाले होलेरी खबरलाई जानकारी दिएका छन् ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।